संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु आ.ब २०७५/०७६ को जिल्ला दररेट दोलखा जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धता दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुत आ.व. २०७५/०७६ को बार्षिक कार्यक्रम तथा वजेट दोश्रो जिल्ला सभा सम्पन्न (२०७५/०५/०७ गते ) आ.व २०७४/०७५ मा जिससले सम्पादन गरेका कार्यक्रमहरुको विवरण र पत्रकार सम्मेलन सम्पन्न क्षमता विकास तालिम सम्पन्न (नगर/गाउँ तहको तालिम) विकास आयोजना तथा कार्यक्रमहरुको अनुगमन कार्य सम्पन्न बजेट तथा योजना तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

फस्कु

फस्कु गाँउ विकास समिति नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चल दोलखा जिल्लाका ५१ गाँउ विकास समितिमध्ये सदरमुकाम भीमेश्वर नगरपालिकासँग सीमाना जोडिएको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित गाविस हो । २०१९ सालदेखि नै फस्कु गाउँ पञ्चायतको रुपमा अस्तित्वमा रहीआएको यो क्षेत्र २०४६ पछिको राजनीतिक परिवर्तनपछि पनि फस्कू गाँउ विकास समितिको रुपमा परिवर्तन भई हालसम्म पनि फस्कु नामबाटै परिचित छ । सदरमुकाम चरिकोटबाट करीव २४ किलोमीटर उत्तरपश्चिमतर्फ अवस्थित फस्कु गाविस जिल्लाको राजनीतिक विभाजनमा निर्वाचन क्षेत्र नम्बर दुई तथा इलाका नम्बर ७ मा पर्छ । गाविस नौ वटा वडामा बिभाजित छ ।
यो गाविसको नामाकरण कसरी रह्यो भन्ने कुरामा कुनै पनि ऐतिहासिक तथ्य छैन । पूर्वजहरुका अनुसार यस गाविसको सबैजसो क्षेत्रमा फस्को खालको ढुंगामाटो भएकोले यस ठाँउलाई शुरुमा फस्को भनियो र पछि सोही फस्कोबाट फस्कू हुन गएको हो भन्ने भनाइ रहेको छ । मुख्यत क्षेत्री तथा केही तामाङ, नेवार, एवं दलितहरुको बसोबास रहेको यस गाविसका बासिन्दाको मुख्य पेशा कृषि तथा मजदुरी नै रहेको छ ।

 

Skip to toolbar