वार्षिक समिक्षा गोष्ठी एवं जिल्ला समन्वय समिति, दोलखाको बैठक सम्पन्न । जिसस, दोलखाद्वारा आ.व. २०७३/७४ मा वितरण गरेको आर्थिक सहयोग सम्वन्धमा । आ.व. २०७४/७५ को जिल्ला दररेट सम्वन्धमा । जिल्ला समन्वय समिति, दोलखाको पदाधिकारीहरु र जिल्लास्थित सरकारी कार्यालयहरु वीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । जिल्ला समन्वय समिति, दोलखाको पहिलो बैठकको निर्णयहरु आ.व. २०७३/७४ मा जिसस, दोलखाबाट कार्यान्वयन भएका योजना तथा कार्यक्रमहरुको सम्पूर्ण विवरण जिसस, दोलखाको शिर्षकगत खर्च सहित ईन्धन, फर्निचर र विविध भुक्त्तानीको विवरण । आ.व. २०७३/७४ मा जिसस, दोलखाबाट कोष तथा लेखा नियन्त्रक कार्यालयमा रकम फिर्ताको विवरण जिल्ला समन्वय दोलखाको २०७३ फागुन मसान्तसम्मको अख्तियारी, निकासा, खर्च तथा जिम्मेवारी सारिएको विवरण आन्तरिक आय संकलनको ठेक्का बन्दोबस्त गर्ने सम्वन्धी सूचना ।

संक्षिप्त परिचय

नेपाल राज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने जनकपुर अञ्चलको एक हिमाली जिल्लाको रुपमा परिचित दोलखाले प्राचीनकालदेखि नै आफ्नो छुट्टै आर्थिक, सामाजिक, धार्मिक र राजनैतिक पहिचान कायम राख्दै आएको पाइन्छ । “दोलखाको इतिहास नलेखिकन नेपालको इतिहास लेखन पुरा हुँदैन” भन्ने इतिहास शिरोमणि स्व. श्री बाबुराम आचार्यको कथन रहेको छ । दोलखालाई पहिला अभयपुरको नामबाट चिनिन्थ्यो ।

दोलखा प्रदेश अन्तर्गत रहेको विगु हुदै कुती, खासा हुदै भोट जाने बाटो, लामाबगर, रचि (लप्चि) भई भोट जाने बाटो मल्लकालको उत्तरार्द्धसम्म पनि कायम भएको हुनाले लिच्छविकालको उत्तरार्द्धमा नै दोलखा भई भोट जाने बाटो खुलेको अनुमान हुन्छ भनी धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठद्वारा लिखित दोलखाको ऐतिहासिक रुप रेखामा उल्लेख गरेको देखिन्छ । त्यस समयदेखि नै तामाकोशीको किनारै किनार भएर भोटसंग व्यापार मार्ग खुलेकोले व्यापार गर्न आउंदा जाँदा हालको दोलखामा कुनै डर त्रास नभई सुरक्षित स्थान भएकोले नै उक्त स्थानलाई पहिला अभयपुर भनेर चिनिन्थ्यो भन्ने भनाइ रहेको छ भने कसैको भनाइ अनुसार दोलखा राज्यको शासन व्यवस्थामा सात सुरक्षा घेरा भएको कारणले नै दोलखालाई अभयपुर महापतन भनिन्थ्यो भन्ने रहेको छ ।

ऐतिहासिक पृष्ठभूमि

नेपाल राज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने जनकपुर अञ्चलको एक हिमाली जिल्लाको रुपमा परिचित दोलखाले प्राचीनकालदेखि नै आफ्नो छुट्टै आर्थिक, सामाजिक, धार्मिक र राजनैतिक पहिचान कायम राख्दै आएको पाइन्छ । “दोलखाको इतिहास नलेखिकन नेपालको इतिहास लेखन पुरा हुँदैन” भन्ने इतिहास शिरोमणि स्व. श्री बाबुराम आचार्यको कथन रहेको छ । दोलखालाई पहिला अभयपुरको नामबाट चिनिन्थ्यो ।

दोलखा प्रदेश अन्तर्गत रहेको विगु हुदै कुती, खासा हुदै भोट जाने बाटो, लामाबगर, रचि (लप्चि) भई भोट जाने बाटो मल्लकालको उत्तरार्द्धसम्म पनि कायम भएको हुनाले लिच्छविकालको उत्तरार्द्धमा नै दोलखा भई भोट जाने बाटो खुलेको अनुमान हुन्छ भनी धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठद्वारा लिखित दोलखाको ऐतिहासिक रुप रेखामा उल्लेख गरेको देखिन्छ । त्यस समयदेखि नै तामाकोशीको किनारै किनार भएर भोटसंग व्यापार मार्ग खुलेकोले व्यापार गर्न आउंदा जाँदा हालको दोलखामा कुनै डर त्रास नभई सुरक्षित स्थान भएकोले नै उक्त स्थानलाई पहिला अभयपुर भनेर चिनिन्थ्यो भन्ने भनाइ रहेको छ भने कसैको भनाइ अनुसार दोलखा राज्यको शासन व्यवस्थामा सात सुरक्षा घेरा भएको कारणले नै दोलखालाई अभयपुर महापतन भनिन्थ्यो भन्ने रहेको छ ।

दोलखाको नामाकरण सम्बन्धमा विभिन्न किम्बदन्तीहरु पाइन्छन् । कुनै समयमा एउटा योगी मुसलमानको आक्रमणबाट भागी गौरीशंकर हिमालको एउटा गुफामा गई तपस्या गर्दा शिवजी प्रसन्न भई बरदान दिएकोले योगी खुसीले गदगद भई अब म एक पटक सवैतिर घुमेर आउछु भनी हिड्दा जति घुमे पनि उही ठाउँमा आइपुग्दो रहेछ । यसरी २ लाख पटक घुम्न निस्कंदा पनि पुन त्यहि स्थानमा आइपुग्दा योगी थकित भएर आफ्नै आश्रममा फर्केछन् । यसरी २ लाखपटक घुम्दा पनि त्यहि स्थानमा आएकोले सो स्थानलाई दो + लाख बाट अपभ्रस हुँदै दोलखा (हिन्दीमा दो भनेको दुई र लख भनेको लाख) नामाकरण भएको भन्ने भनाइ रहेको पाइन्छ ।

त्यस्तै अर्को भनाइ अनुसार तिब्बती भाषामा —दो‘ को अर्थ ढुङ्गा —ल‘ को अर्थ मन्दिर र —खा‘ को अर्थ घर भएकोले दोलखामा प्रसस्त मात्रामा ढुङ्गा माटोबाट बनाइएको मन्दिर र घरहरु रहेको हुनाले यसलाई दोलखा नामाकरण गरिएको हो ।

दोलखाको नामाकरणमा जे जस्ता किम्बदन्ती रहे तापनि यसलाई ज्यादै पुरानो नगरको रुपमा चिन्न सकिन्छ । जब केन्द्रमा किराँतहरुको शासन चल्यो त्यसबेलादेखि नै किराँतहरु दोलखामा उपनिवेश कायम गर्न आई हालको किराँतीछापमा बसेको र पछि १४ औं शताब्दीमा भारतका मुगल सम्राट समसुद्धिनको आक्रमणबाट उक्त बस्ती ध्वस्त भई हालको दोलखा वस्ती बसेको हुन सक्ने अनुमान गरिएको छ ।

यस जिल्लाका आदीवासीहरुमा नागवंशीहरु रहेको अनुमान गरिएको छ । जब नेपाल र भोट वीचको व्यापारको लागि लामाबगर हुँदै तिब्बत जाने व्यापारी मार्ग खुल्यो, त्यसबेलादेखि नै भक्तपुरबाट नेवारहरु दोलखामा आई व्यापार गर्न थालेको अनुमान गर्न सकिन्छ । वि.सं.को १६ औं शताब्दीको उत्तरार्द्धदेखि १७ औं शताब्दीको उत्तरार्द्धसम्म करिव १ शताब्दी जति दोलखा एक स्वतन्त्र राज्यको रुपमा रहेको कुरा इतिहासले प्रष्ट पारेको छ । केन्द्रमा यक्ष मल्लले राज्य गरे तापनि दोलखामा कीर्तिसिंह सामन्ती शासकको रुपमा थिए र उनको मृत्यु पछि उनका १४ वर्षीय छोरा उद्धवदेव दोलखाका राजा भए । त्यस बेला उद्धवदेवले आफ्नो नामको अगाडि “दोलखाधिपति” लेख्ने गरेका थिए । जसबाट पनि दोलखा स्वतन्त्र राज्यको रुपमा स्थापित थियो भन्ने पुष्टि हुन्छ । त्यसै गरी स्वतन्त्र रुपमा रहेको दोलखा राज्यमा उद्धवदेव, नन्ददेव, उजोतदेव, गोबिन्ददेव, इन्द्रसिंहदेव, जयनारायणदेव, जितदेव, रुपनारायणदेव आदिले राज्य गरेका थिए । एक शताब्दीजति स्वतन्त्र राज्यको रुपमा रहको दोलखालाई कान्तिपुरका राजा शिवसिंहले वि.सं. १६५५ मा भिष्मदेवलाई युद्धमा पराष्त गरी ठकुराईमा राज प्रशासन चलाए ।

दोलखा राज्यको मध्यकालीन सीमानामा पूर्वमा दूधकोशी, पश्चिममा दोलालघाट, उत्तरमा तिब्बतको सीमाना र दक्षिणमा तिरहुत राज्यको सीमाना रहेको कुरा इतिहासबाट जान्न सकिन्छ । दोलखाको राज्य व्यवस्था कहिले स्वतन्त्र त कहिले अधिनस्थ भई चलिरहेको थियो । त्यसै समयमा गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरणको अभियान शुरु गरेका थिए । त्यसबाट दोलखा पनि अलग रहन सकेन । पहिला दोलखा भक्तपुरका राजा रणजीत मल्लको रेखदेखमा छोडेको र वि.सं. १८११ मा दोलखाली देशावर प्रधानहरुलाई “नालादुम पूर्व मेरो अम्बल भयो, तिमी प्रजापात्र हौ, मेरो हजुरमा आउ, तिम्रो रक्षा गरुलाँ” भनेर पत्र पठाएपछि दोलखाका देशावर प्रधानहरुले सो कुरा मञ्जुर गरी विना संर्घष दोलखा बृहत नेपालको एक भागको रुपमा रहन गयो ।

आर्थिक रुपमा पनि छुट्टै पहिचान राख्ने दोलखाका राजा इन्द्रसिंहले नै नेपालमा चाँदीका स्वतन्त्र मोहर प्रचलनमा ल्याएका थिए । भन्न त महेन्द्र मल्लले सवै भन्दा पहिला चाँदीका सिक्का प्रचलनमा ल्याएका भन्ने गरिन्छ तर सो भन्दा पहिला नै इन्द्रसिंहले स्वतन्त्र मोहर प्रचलनमा ल्याएको कुरा अभिलेखहरुबाट पुष्टि हुन्छ । महेन्द्र मल्लले वि.सं. १६१७ देखि १६३१ सालको वीचमा आफ्नो सिक्का प्रचलनमा ल्याएको देखिन्छ भने इन्द्र सिंहदेवले वि.सं. १६०५ अगाडि नै सिक्का प्रचलनमा ल्याएको कुरा पुष्टि हुन आउँछ । अझसम्म पनि दोलखामा टक्सार घरको नामले सिक्का काट्ने घर देख्न सकिन्छ । यसरी सिक्का प्रचलनमा ल्याई व्यापार व्यवसायलाई अगाडि बढाइएको र खानीहरु संचालन समेत गरेको देखिन्छ ।

यसरी राजनैतिक, धार्मिक, आर्थिक तथा सामाजिक रुपमा छुट्टै पहिचान भएको दोलखा जिल्ला वर्तमान स्वरुप भने २०१८ सालमा भएको राजनैतिक विभाजनले कायम गरेको हो । त्यस भन्दा पहिले रामेछाप र दोलखाको एउटै प्रशासनिक इकाईबाट समेत काम कार्वाही हुने गरेको थियो ।

ईलाका स्तरीय विभाजन

१      गौरीशंकर, खारे, मार्वु, चंखु र सुरी

२      झ्याँकु, जुँगु, क्षेत्रपा, नाम्दु र काब्रे

३      जिरी, माली, श्यामा र ठूलो पातल

४      गैरीमुदी, मिर्गे, भिरकोट र झूले

५      हाँवा, च्यामा, मालु, शहरे र जफे

६      डाँडाखर्क, मेलुङ, भेडपु, घ्याङसुकाठोकर र पवटी

७      फस्कु, मागापौवा, शैलुङ्केश्वर, काटाकुटी, ताम्चेत र भूषाफेदा

८      लाँकुरीडाँडा, बोच र भिनपाका वडा १ र ५ देखि १३ सम्म

९      सुष्पाक्षमावती, शुन्द्रावती, सुनखानी र भीनपाका वडा २, ३ र ४

१०     लापीलाङ, लामीडाँडा, वावरे, खोपाचागु, आलम्पु र कालिञ्चोक

११     विगु, चिलंखा, लादुक, बुलुङ, ओराङ र लामावगर

दोलखा  जिल्लाको वस्तुगत विवरण

दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको एक हिमाली जिल्ला हो । प्राकृतिक स्रोतले भरिपूर्ण यस जिल्लाको उत्तरी क्षेत्रको सीमाना चीनको स्वशासित क्षेत्र तिव्वतसंग जोडिएको छ । धार्मिक, ऐतिहाँसिक, साँस्कृतिक, जातजाति एवम् विविधताले भरिएको दोलखा जिल्ला जलसम्पदाको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । नेपालको राजधानी काठमाण्डौबाट १३२ कि.मि. दूरीमा रहेको यो जिल्ला आन्तरिक एवम् वाह्य पर्यटकको गन्तव्य स्थान भइरहेको छ । यस जिल्लाको न्यूनतम् उचाई समुद्री सतहबाट ७३२ मिटर ( सितली ) तथा अधिकतम् उचाई ७१३४ मिटर ( गौरीशंकर ) रहेको छ । जिल्लाको सदरमुकाम चरिकोट १९७० मिटर उचाईमा रहेको छ ।

१) सीमाना–

उत्तरमा – चीनको स्वसासित क्षेत्र तीब्वत ।दक्षिणमा – रामेछाप र काभ्रेपलाञ्चोक ।पूर्वमा – रामेछाप र सोलुखुम्बु ।पश्चिममा – सिन्धुपाल्चोक ।

२) भौगोलिक उपस्थिति

अक्षांस – २७ डिग्रि २८ मिनेट उत्तरी अक्षांसदेखि २८ डिग्रि ० मिनेट उत्तरी अक्षांससम्म ।देशान्तर – ८५ डिग्रि ५० मिनेट पूर्वी देशान्तरदेखि ८६ डिग्रि ३२ मिनेट पूर्वी देशान्तरसम्म । क्षेत्रफल – २,१४,२८७ हेक्टर ( २१९१ वर्ग कि.मि. ) जिल्लाको सवैभन्दा उच्च स्थान गौरीशंकर हिमाल ( ७,१३४ मीटर )जिल्लाको सवैभन्दा होचो स्थान मेलुङ गा.वि.स.को सितली ( ७३२ मीटर )*

३) प्रशासनिक विभाजन

गा.वि.स.– ४८ नगरपालिका – २ इलाका– ११ संसदीय क्षेत्र – २ सदरमुकाम – चरिकोट

४) हावापानी

वार्षिक औसत तापक्रम – ८ डिग्रि देखि १९ डिग्रि सेल्सियस । वार्षिक औसत वर्षा – २०४३.५ मि.मि. ।

५) भौगोलिक बनावट

उच्च हिमाल– ७५००० हेक्टर ( ३५ प्रतिशत )उच्च पहाड – ८५,७१४. हेक्टर ( ४० प्रतिशत ) मध्य पहाड– ५३,५७३. हेक्टर ( २५ प्रतिशत )

६) भू –उपयोगको अबस्था

  • कृषि क्षेत्र: २६.४५ प्रतिशत
  • वन क्षेत्र: ४७.३७ प्रतिशत
  • चरण भूमि–घाँसे मैदान: १३.७७ प्रतिशत
  • हिउँले ढाकेको क्षेत्र: २.६४ प्रतिशत
  • पर्ती जग्गा: ६.४१ प्रतिशत
  • पानीले ढाकेको: ३.३० प्रतिशत
  • अन्य: ०.०६ प्रतिशत

 ७) प्रमुख धार्मिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाहरु

  • दोलखा भीमेश्वर मन्दिर
  • त्रिपुरा सुन्दरी मन्दिर
  • कालिञ्चोक भगवती
  • चरिघ्याङ गुम्बा
  • मञ्जुश्री
  • टासी गुम्बा
  • देउलाङ्गेश्वर महादेव
  • चर्नावती ( त्रिवोणी)
  • दोलखा बजार
  • टक्सार घर
  • शैलुङ्ग डाँडा
  • गौरीशंकर हिमाल
  • बेदिङ्ग गाउँ
  • लामावगर
  • च्छो–रोल्पा हिमताल
  • जिरी
  • तामाकोशी नदी
  • खरीढुङ्गा क्षेत्र
  • गौरीशंकर संरक्षण क्षेत्र
  • महांकाल मन्दिर

७) जनसांखिक विवरण

  • घरपरिवार संख्याः ४५,६८८
  • जनसंख्या जम्माः १,८७,५५६जना
  • पुरुष संख्याः ८७,००३ जना
  • महिला संख्याः ९९,५५४ जना
  • औषत परिवारको आकारः ४.६२
  • लैंगिक अनुपातः ८५.४७
  • जनघनत्वः ८५
  • जनसंख्या वृद्धिदरः –०.९१
  • प्रौढ साक्षरताः ५३.६० प्रतिशत
  • प्रौढ निरक्षरः ४४.४० प्रतिशत
  • प्रति व्यक्ति आयः ४१, २५६ रुपैया
  • कुल राष्ट्रिय आयः ७,६९७ रुपैया
  • औसत आयु (दुवै): ७०.८५ वर्ष
  • Labor Productivity : ७४,११६.६ रुपैया
  • HDI (Arithmetic Mean): ०.५२२
  • HDI (Geometric Mean): ०.४६८
  • HPI: ३५.७०
  • Gross Domestic Product: ६,९९१.९ रुपैया
  • असुरक्षित खानेपानी प्रयोगकर्ताः २२.१५ प्रतिशत
  • Mean years of School: ३.२६ वर्ष
  • अपाङ्गको जनसंख्याः ५,५८७ जना
  • कुल प्रजनन दरः २.५७ जना प्रति महिला
  • निर्भरता दर : ८२.६६
  • पुरुष निर्भरता दर : ९२.१२
  • महिला निर्भरता दर : ७५.१३
  • बाल निर्भरता दर : ६१.४६
  • वृद्ध निर्भरता दर : २१.२१
  • ७५ वर्ष वा माथिको जनसंख्याः३.०५ प्रतिशत
  • औसत विवाह उमेरः २२.२ वर्ष
  • विदेशिएको जनसंख्याः ५.३९ प्रतिशत

श्रोत जनगणना २०६८


Skip to toolbar