चालु आ.व.मा कार्यान्वयन हुने आयोजनाहरुको जिविसबाट अनुगमन शुरु ।

चालु आ.व. २०७३/७४ मा कार्यान्वयन हुने योजनाहरु मध्ये सम्झौता भएका योजनाहरुको जिल्ला विकास समितिवाट अनुगमनको कार्य शुरु भएको छ । यसै क्रममा मिति २०७३/०९/१५ र १६ गतेका दिन स्थानीय विकास अधिकारी, योजना शाखा प्रमुख, इन्जिनियर र प्राविधिक समेतको टोलीबाट बाबरे-कालिन्चोक (बंसेथली )सडक, बाबरे-४, जल्पाश्वरीदेवी मन्दिर पर्खाल निर्माण, बाबरे-५, पोखरे- गोगने- संस्कृतग्राम सडक, लामीडाँडा, थामी संग्रहालय, लापिलांग, आँखिराम सिंचाई, लापिलांग, त्रिसुले- जर्नापाले सडक, लापिलांग, खोलाखर्क- गगलाते- खोपाचागु सडक, बिगु , अलैची, चिया र किवी खेती, बिगु गरी ८ वटा योजनाको अनुगमन भयो । अनुगमनको क्रममा काम शुरु नगर्ने योजनालाई ७ दिन भित्र काम शुरु गरी र काम शुरु भएका योजनालाई प्राविधिक रुपमा देखिएका त्रुटीलाई प्राविधिकले दिएको परामर्श वमोजिम गुणस्तरीय ढंगले समयमै सम्पन्न गर्न  निर्देशन दिइयो ।

Skip to toolbar