स्थानीय तहमा योजना तर्जुमाको लागि सहजीकरण गोष्ठी सम्पन्न ( २०७४/१२/१४ र १५ )

जिल्ला समन्वय समिति,दोलखाको आयोजनामा समृद्द दोलखा निर्माणको लागि २ दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको अध्यक्षतमा भएको उक्त कार्यक्रमको उदघाटन प्रमुख अतिथि एवम प्रतिनिधि सभाका माननीय सदस्य पार्बत गुरुङले गर्नु भएको थियो । स्थानीय तहम योजना तर्जुमाको लागि सहजीकरण गर्ने उदेश्यले भएको उक्त कार्यक्रमको उदघाटन समारोहमा प्रमुख अतिथि माननीय सदस्य पार्बत गुरुङ , माननीय सदस्य शान्तिमायाँ तामांग , प्रदेश सभाका माननीय सदस्य बिशाल खड्का , भिमेश्वर नगर पालिकाका प्रमुख श्री भारत केसी, तामाकोशी गाउँपालिकाका अध्यक्ष श्री ईश्वरचन्द्र पोखरेल, साविक जिल्ला विकास समितिका सभापतिद्वय श्री रुद्र बहादुर खड्का र श्रीलाल कुमार केसीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यशाला गोष्ठी संचालन
२ दिने संचालित कार्यशाला गोष्ठीको सहजीकरण प्रशिक्षकहरु डा. रामचन्द्र लामिछाने तथा डा. डी आर पौड्यालले गर्नु भएको थियो । उक्त गोष्ठीमा निम्न क्रियाकलापहरु भएका थिए ।
• हरेक नगर/गाउँपालिका र वडाको श्रोत पहिचान र ति श्रोतहरुको प्रयोगले निर्माण गर्न सक्ने सम्भावनाहरुको लेखाजोखा
• सवै सहभागीहरुले प्रत्यक वडाका समृद्दिका आधारहरु लेखाजोखा (नगर/गाउँपालिका, जिल्ला स्तर )
• दश बर्षिय दुर दृष्टिको निर्माण
• चार वर्षीय लक्ष्य निर्धारण
• लक्ष्य प्राप्तिका लागि आजै देखि गर्नु पर्ने परिवर्तनका क्षेत्रहरुमा छलफल
• आगामी वर्षको कार्य योजना

गोष्ठी समापन
योजना तर्मुमा कार्यशाला गोष्ठीको शेशन पश्चात प्रदेश सभाका माननीय सदस्यहरु पशुपति चौलागाईं र रचना खड्काले समृद्द दोलखाको लागि सवै स्थानीय तहहरुले परिमाणात्मक लक्ष्य सहित योजना तर्जुमा गर्नुपर्ने बताउनु भएको थियो भने कार्यक्रमका सभापति जिसस प्रमुख श्री डबल पाण्डेले सवै सहभागीहरु, प्रशिक्षक्हरु र अन्य सहभागी सवै सरोकार व्यक्ति / निकायहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Skip to toolbar