संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु आ.ब २०७५/०७६ को जिल्ला दररेट दोलखा जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धता दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुत आ.व. २०७५/०७६ को बार्षिक कार्यक्रम तथा वजेट दोश्रो जिल्ला सभा सम्पन्न (२०७५/०५/०७ गते ) आ.व २०७४/०७५ मा जिससले सम्पादन गरेका कार्यक्रमहरुको विवरण र पत्रकार सम्मेलन सम्पन्न क्षमता विकास तालिम सम्पन्न (नगर/गाउँ तहको तालिम) विकास आयोजना तथा कार्यक्रमहरुको अनुगमन कार्य सम्पन्न बजेट तथा योजना तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्थानीय तहका पदाधिकारीहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न( कालिन्चोक र विगु गाउँपालिका)

जिल्ला समन्वय समिति, दोलखाको आयोजनामा, जिल्लामा क्रियाशील रहेका ग्रामिण विकास टुकी संघ, सिविन नेपाल, नाम्सालिंग सामुदायिक विकास केन्द्रको सहकार्यमा दोलखा जिल्लाको कालिन्चोक र बिगु गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगाएत पदाधिकारीहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, सहकार्य गर्ने संस्थाका प्रतिनिधिहरु र पत्रकार तथा नागरिक समाजको सहभागितामा स्थानीय तहको विकासमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम मिति २०७४ साल फागुन १३ र १४ गतेका दिन सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभाका माननीय सदस्य पशुपति चौलागाई र बिशेष अतिथिको रुपमा स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष तथा स्थानीय शासन विज्ञ बालनन्द पौडेल सहभागी हुनुभएको थियो । स्थानीय शासन विज्ञ बालनन्द पौडेलले संघीय शासन प्रणाली अन्तर्गत स्थानीय तहको क्षेत्र , काम कर्तव्य र अधिकार, गाउँपालिका महासंघका निर्देशक बिमल पोखरेलले वर्तमान मुद्दा तथा स्थानीय सरकारको प्राथमिकताहरु, केन्द्रिय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारा धितालले बाल मैत्री स्थानीय शासन सम्वन्धी विषयमा सहजीकरण गर्नु भएको थियो ।
यस अन्तरक्रिया कार्यक्रममा स्थानीय तहमा तत्काल कर्मचारीहरुको व्यवस्था,भौतिक पूर्वाधारको निर्माण, वडा तहमा आर्थिक अधिकार प्रदान केन्द्र तथा प्रदेश सरकारलाई अनुरोध गर्ने, संविधान र प्रचलित कानुनले दिएको अधिकार र जिम्मेवारी आत्मसाथ गर्दै स्थानीय सरकारले सामुदायिक बिध्यालायबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सवैले आ-आफ्नो स्थानबाट प्रयास गर्ने सहमति भएको छ । कार्यक्रममा नाम्सालिंग सामुदायिक विकास केन्द्रको सहजिकरणमा तयार गरिएको कालिन्चोक गाउँपालिकाको वस्तुगत विवरण प्रदेश सभाका माननीय सदस्य पशुपति चौलागाईंबाट विमोचन गरि कालिन्चोक गाउँपालिकाका अध्यक्ष बिन कुमार थमिलाई हस्तान्तरण गरिएको थियो तथा बिगु गाउँपालिकाको वस्तुगत विवरण निर्माणको लागी कार्य पनि थालनी गर्ने प्रतिबद्दता व्यक्त गरिएको थियो ।

Skip to toolbar