स्थानिय तहमा मदिरा व्यवस्थापन सम्बन्धमा दोलखा प्रतिवद्दता २०७६

पौष १०
स्थानीय तहमा मदिरा ब्यवस्थापन नीतिको आवश्यकता सम्वन्धी दोलखाको सदरमुकाम चरिकोटमा भएको दुई दिने कार्यशाला गोष्ठीले मदिरा किन्ने,बेच्ने र उपभोग गर्ने उमेर समूह २१वर्ष भन्दा माथि तोक्ने लगायतका १५वुद्धे स्थानीय तहमा मदिरा व्यवस्थापन नीति सम्वन्धी साझा दोलखा प्रतिवद्धता पत्र २०७६ जारी गरिएको छ ।

जिल्ला समन्वय समिति दोलखाको आयोजनमा भएको सो दुइ दिने गोष्ठिमा प्रदेश सांसद माननिय पशुपति चौलागाइ भिमेशवर नगरपालिका,विगु र कालिञ्चोक गाउँपालिकाका  प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत र तिनवटै पालिकाका कार्यपालिकाका सदस्यहरुको सहभागीता थियो।सो गोष्ठी १५ बुँदे प्रतिवद्दता पत्र तयार गर्दै सम्पन्न भएको छ।

१.मदिराको उत्पादन विक्रि वितरण नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी स्थानीयस्तरको नीति तथा कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने

२.मदिराको हानिकारक प्रयोग र यसको असरका बारेमा बाल्यकालबाट नै जानकारी दिन आवश्यक रहेकाले स्थानीय बिद्यालयको पाठ्यक्रममा मदिरा न्यूनीकरण सम्बन्धी विषयलाई समावेश गरि कार्यन्वयन गर्ने

३.आ–आफ्ना पालिकाका हरेक वडाहरूमा मदिराको हानिकारक प्रयोगको नियन्त्रणका लागि सरोकारवालाहरूको सहभागितामा वडा स्तरीय मदिरा नियमन तथा नियन्त्रण समितिको गठन गरी सहकार्य गर्ने,

४.मदिराको हानिकारक प्रयोगका सम्बन्धमा विद्यालय र समुदायमा रहेका समूह तथा समिति लगायतको सहकार्यमा पालिका स्तरमा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने,

५.स्थानीय रेडियो,स्थानीय पत्रपत्रिका तथा सामाजिक सञ्जालसँग सहकार्यगरी जनचेतना अभिवृद्धि गर्ने,

६.सम्बिन्धित पालिकामा क्रियाशील राजनीतिक पार्टी तथा तीनका भातृ संगठनहरू, सहकारी, वन उपभोक्ता समिति, आमा समूह,बालक्लबहरू, किशोरकिशोरी समूहहरू, धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि गठित समितिहरू जस्ता सरोकारवालाहरूको पहिचान गरी उनीहरूलाई मदिरा प्रयोगका कारणबाट हुने सामाजिक आर्थिक जनजीवनमा पर्ने नकारात्मक प्रभाव नियन्त्रणमा सहकार्य गर्ने,

७.पालिका तथा वडा स्तरमा सञ्चालन हुने हरेक सार्वजनिक कार्यक्रममा मदिराको प्रयोग पूर्ण निषेध गर्ने,मदिरा नियन्त्रणका लागि स्वस्फूर्त रूपमा उठेका सरकारी तथा गैरसरकारी संस्थाहरु धार्मिक समप्रदाय आमा समुह,लामा समुहहरुले सञ्चालन गरिरहनु भएको अहिंसाबादी आन्दोलन, युवा समूह तथा किशोर÷किशोरी समूहका अभियानहरुलाई प्रोत्साहन गर्ने,

८.पालिका तथा वडाले आफ्नो क्षेत्र भित्रको निश्चित ठाँउलाई मदिरा मुक्त क्षेत्र घोषण गर्न सक्ने र मदिराको विक्रि वितरणका लागि अनिवार्य रूपमा पालिकाबाट ईजाजत लिनु पर्ने,

९.पालिका क्षेत्रमा बेलुकी ५ः०० बजे देखी ९ः०० बजेसम्म मात्र मदिरा बिक्री बितरण गर्न पाउने ब्यवस्था गर्ने,

१०.आफ्नो धर्म संस्कार अनुसार प्रयोग हुने चाडपर्व, विवाह घेवा, न्वारान, पास्नी आदि संस्कारहरुमा प्रयोग हुने घरेलु मदिरा उत्पादन तथा उपभोगको सीमा पालिकास्तरबाट तोक्ने,

११.सार्वजनिक स्थल जस्तै विद्यालय, पालिका तथा वडा कार्यालय, स्वास्थ्य चौकी, मन्दिर, गुम्बा जस्ता सार्वजनिक स्थलको १०० मिटर परिसर भित्र मदिराजन्य पदार्थ खरिद तथा बिक्री वितरण गर्न नपाईने ब्यवस्था गर्ने

१२.मदिरा किन्ने,बेच्ने र उपभोग गर्ने उमेर समुह २१ वर्ष भन्दा माथि तोक्ने

१३.पालिका तथा वडा स्तरमा सञ्चालन हुने हरेक सार्वजनिक कार्यक्रममा मदिराको प्रयोग पुर्ण निषेध गर्ने

१४.चालु आर्थिक बर्ष २०७६।७७ मा हामी हाम्रो पालिका तथा वडास्तरमा मदिरा ब्यवस्थापन नीति निर्माण गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्दछौ

१५.यो प्रतिवद्धता पत्रलाई मार्ग दर्शनको रुपमा ग्रहण गरी मदिरा नियमन तथा नियन्त्रणका सम्बन्धमा हामी सहभागी पालिकाहरु दोलखा जिल्लाका अन्य पालिकाहरुका बीचमा समेत असल अभ्यास हस्तान्तरण गर्दछौ।

Skip to toolbar