सहकारी प्रबर्द्दनमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यकम सम्पन्न

जिल्ला समन्वय समिति, दोलखाको आयोजनामा मिति २०७४ साल फागुन २२ गतेका दिन जिल्लास्थित नौ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरु सहित जिल्लास्थित सहकारी संस्थाहरुका प्रमुख/प्रतिनिधिहरु तथा जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुको सहभागितामा सहकारी संस्थाहरुको प्रबर्द्दन र व्यवस्थापनमा स्थानीय सरकारको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । प्रदेश न. ३ का माननीय सदस्य पशुपति चौलागाईको प्रमुख आथित्यता, सहकारी महासंगका उपाध्यक्ष श्री ओम देवी मल्लको अध्यक्षता र जिल्ला समन्वय समिति, दोलखाका प्रमुख डबल पाण्डेको विशेष आथित्यतामा उक्त कार्यक्रम भएको थियो ।
कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, वचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय अध्यक्ष श्री डी बि बस्नेत र जिल्ला सहकारी संघका अध्यक्ष श्री हेमन्त चौलागाईबाट सहकारी प्रबर्द्दन र व्यवस्थापनमा वर्तमान स्थानीय तहको महत्वपूर्ण भूमिका रहेकोले जिल्लामा संचालित सहकारी संघ संस्थाहरुबाट आवश्यक सहयोग र समन्वय हुनुपर्ने विषय उठाइएको थियो । स्थानीय तहबाट सहकारीसंग सम्वन्धित ऐन नियम बनाउदा सहकारी संघ संस्थाहरुको जिम्मेवार पदाधिकारिहरुसंगको समन्वय र समन्वयमा गर्नुपर्ने कुरामा सवैको ध्यानाकर्षण भएको थियो ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमा सहकारी संस्था व्यवस्थापनमा स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी रहेको विषय प्रस्ट पर्दै अवदेखी स्थानीय टहहरुले सहकारीको अभिलेखीकरण, समन्वयका साथै व्यवस्थापनमा सहजीकरण गरि सरकारी, निजि र सहकारी तिन खम्बे नीति मार्फत समृद्द दोलखा निर्माण कार्यमा लग्नु पर्नेमा सवैको एकमत रहेको थियो ।

Skip to toolbar