संवाद कार्यक्रम

२०७६/०९/२८ गते
जिल्ला समन्वय समिती दोलखाको आयोजनामा  जिल्ला स्थित सरकारी कार्यलयहरुको व्यवस्थापन तथा सुरक्षित आवास निर्माणको सम्बन्धमा सम्वाद कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख श्रीमान डबल पाण्डेको अध्यक्षतामा,भि.न.पा प्रमुख,उपप्रमुख,प्रमुख जिल्ला अधिकारी,जिल्ला स्थित सरकारि कार्यलयका प्रमुख/प्रतिनिधिहरु लगाएत जिल्लाका पत्रकारहरुको उपस्थितिमा तपशिलका निर्णयहरु गर्दै सम्पन्न भएको हो।

तपशिल

१.भि.न.पा ३ मा,दोलखा उद्योग वाणिज्य संघको भवनको उत्तर तर्फ रहेको जग्गामा दोलखा कर्मचारि मिलान केन्द्रलाइ उपलब्ध गराउन पहल गरि हाल दोलखा कर्मचारि मिलान केन्द्रको नाममा रहेको कि.नं २५६३ को जग्गा तथा भवन भि.न.पा लाइ सुरक्षित आवास गृह निर्माण प्रयोजनका लागि उपलब्ध गराउन सिफारिस गर्ने।

२.यस जिल्लामा संचालित घरेलु तथा साना उद्योग विकास समितिलाइ जलश्रोत तथा सिचाइ विकास डिभिजन दोलखाको नाममा रहेको पुरानो भवनमा व्यवस्थापन गर्नलाइ अनुमति प्रदान गर्न जलश्रोत तथा सिचाइ विकास डिभिजन नं ४ दोलखालाइ अनुरोध गर्ने।

३.साविकमा महिला विकास कार्यलय रहि हाल जिल्ला समन्वय समिति दोलखालाइ हस्तानतरित भवन जिल्ला स्वास्थ्य कार्यलय दोलखालाइ स्थान्तरण गरि स्वास्थ्य कार्यलयले प्रयोग गरिरहेको भवन प्रस्तावित चरिकोट अस्पताललाइ थप व्यवस्थित बनाउनको लागि उपलब्ध गराउन अनुरोध गर्ने।

Skip to toolbar