विकास आयोजना तथा कार्यक्रमहरुको अनुगमन कार्य सम्पन्न

जिल्ला समन्वय समिति, दोलखाले २०७५ वैशाख ३१ गते देखि विभिन्न चरणमा यस जिल्ला अन्तर्गत जिरी नगरपालिका, बैत्यश्वर गाउँपालिका र शैलुंग गाउँपालिकाले आ.ब २०७४/०७५ मा संचालित आयोजना तथा कार्यक्रमहरुको निरिक्षण तथा अनुगमन कार्य सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको नेतृत्वमा भएको भएको अनुगमन टोलीमा जिल्ला समन्वय समितिका उपप्रमुख लगायत सदस्यहरु, जिल्ला समन्वय अधिकारी, बरिष्ठ कार्यक्रम अधिकृतहरु, ईन्जिनियर र पत्रकारहरु सहभागीता थियो । जिरी नगरपालिका, बैत्यश्वर गाउँपालिका र शैलुंग गाउँपालिकामा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको अनुगमन पश्चात सरोकारवालाहरुसँग छलफल/अन्तरक्रिया भएको थियो । छलफल कार्यक्रमम अनुगमनको नेतृत्व गर्नु भएका जिसस प्रमुख डबल पाण्डेले विकासका समसामयिक विषयहरुमा सुझाब दिनु भएको थियो ।

विकास आयोजना तथा कार्यक्रमहरुको अनुगमन प्रतिवेदन

पृष्ठभुमि

जिल्ला समन्वय समितिको महत्वपूर्ण भूमिका अन्तर्गत स्थानीय तहको अनुगमन र समन्वय प्रमुख रहेको छ । स्थानीय सरकारहरुको कामलाई सहज र सरल गराउनको लागि समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने दायित्व जिल्ला समन्य समितिको रहेको छ । जिल्ला समन्वय समितिको भूमिकामा एकरुपता कायम गर्ने र सबैको साझा बुझाई निर्माण गर्नु पर्ने आवश्यक्ता रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम बाट चालु आवमा यस कार्यालयलाई जिल्ला भित्र सञ्चालित विकास निर्माणसँग सम्बन्धित आयोजना तथा कार्यक्रमहरुको अनुगमन, निरीक्षण र समन्वय गर्नको लागि आर्थिक व्यवस्थापन गरेको तथा जिल्ला समन्य समितिका पदाधिकारीहरु र सचिवालयका कर्मचारीहरु सम्मिलित टोलीबाट संयुक्त रुपमा अनुगमन गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भए बमोजिम जिल्ला भित्र सञ्चालित विकास निर्माणसँग सम्बन्धित आयोजना तथा कार्यक्रमहरुको अनुगमन गर्नु जिल्ला समन्वय समितिको जिम्मेवारी भित्र पर्ने भएको हुँदा यस जिल्ला अन्तर्गतका तीन वटा गाउँपालिकहरुले आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालित आयोजना तथा कार्यक्रमहरुको अनुगमन गरि प्रतिवेदन तयार गरिएको छ ।
उद्देश्यहरु

अनुगमन निरीक्षणका उद्देश्य निम्नानुसार रहेका छन

• जिल्लामा सञ्चालित विकास निर्माणसँग सम्बन्धित छानिएका योजना तथा कार्यक्रमको अनुगमन गरी प्रतिवेदन तयार गर्ने
• जिल्लामा गरिएका राम्रा अभ्यासहरुको अवलोकन गर्ने र जानकारी लिने ।
• विीभन्न आयोजना तथा कार्यक्रमहरुमा देखिएका समस्याहरु समाधानको लागि सहजीकरण गर्ने ।
• प्रदेश सभामा पेश गर्ने प्रतिवेदन तयार गर्ने ।

जिरी नगरपालिका : २०७५ असार ३१ गते

२०७५ असार ३१ गतेका दिन जिल्ला समन्वय समिति, दोलखाका प्रमुख श्री डबल पाण्डेज्यूको नेतृत्वमा जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समितिका सदस्यज्यू, बरिष्ठ कार्यक्रम अधिकृत, ईन्जिनियर तथा पत्रकार समेत समाबेश भएको संयुक्त अनुगमन टोलि (११ जना ) जिरी नगरपालिकामा संचालित बिभिन्न आयोजना , कार्यक्रम तथा सस्थागत विकासका बिबिध पक्षहरु निरिक्षण तथा अनुगमन गरि सरोकारवालाहरुसंग छलफल/ अन्तरक्रिया समेत गरियो । अनुगमन पश्चातको अन्तरक्रिया कार्यक्रममा २५ जना सरोकारवाला व्यक्तिहरु सहभागी भएका थिए ।
अनुगमन टोलीका सदस्यहरु

• श्री डबल पाण्डे – प्रमुख, जिल्ला समन्वय समिति,
• श्री मनमाया जिरेल – उपप्रमुख , जिल्ला समन्वय समिति
• श्री तुलसीनाथ गौतम – जिल्ला समन्वय अधिकारी , जिल्ला समन्वय समितिको कार्यालय
• कमल कुमारी कार्की – सदस्य , जिल्ला समन्वय समिति
• युबराज घताने – सदस्य , जिल्ला समन्वय समिति
• गीता पोखरेल – सदस्य, जिल्ला समन्वय समिति,
• श्री बिक्रम कार्की – बरिष्ठ कार्यक्रम अधिकृत , जिल्ला समन्वय समितिको कार्यालय
• श्री नारायण प्रसाद शिवाकोटी – ईन्जिनियर , जिल्ला समन्वय समितिको कार्यालय
• श्री शिब खड्का – सवारी चालक , जिल्ला समन्वय समितिको कार्यालय

• ध्यानकुटी बुद्ध पार्क , जिरी – ६ , बुलडाडा
• जिरी बसपार्क – ढुंगेश्वारी महादेव सडक , जिरी- ५
• खावा हरित वन पिकनिक स्पोर्ट, जिरी -७
• संस्थागत विकास र सेवा प्रवाहको अवस्था
अनुगमनबाट प्राप्त भएका विकास प्रतिफलहरु
• पुराना वडा कार्यालयहरु मर्मत भएका
• ७० प्रतिशत आयोजनाहरु सम्पन्न भएको
• निजि आवासको लागि नगरपालिकाबाट निशुल्क नक्सा पास गर्ने गरेको
• स्थानीय सरकार संचालन ऐन २०७४ वमोजिम विभिन्न विकास समितिहरु गठन भएको
• कर्मचारीहरुको शाखाअनुसार व्यवस्थापन गरेको र TOR सहित जिम्मेवारी दिइएको
• क्लिन जिरी, ग्रीन जिरी र अर्गानिक जिरी अभियान संचालन गेरको

देखिएका समस्याहरु
• वडा सचिवको नपुग भएको
• पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरुले प्रभावकारी रुपमा कार्य सम्पादन नगरेको
• बैंकले भूकम्प पिडितहरुलाई किस्ता दिन ढिला गरेको
• सामाजिक विकासको पक्षमा कम ध्यान दिइएको

बैत्येश्वर गाउँपालिका :२०७५ साल जेष्ठ १ गते

२०७५ साल जेष्ठ १ गतेका दिन जिल्ला समन्वय समिति, दोलखाका प्रमुख श्री डबल पाण्डेज्यूको नेतृत्वमा जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समितिका सदस्यज्यू, बरिष्ठ कार्यक्रम अधिकृत, ईन्जिनियर र [पत्रकार समेतको संयुक्त अनुगमन टोलि (११ जना )बैतेश्वर गाउँ पालिकामा संचालित बिभिन्न आयोजना , कार्यक्रम तथा सस्थागत विकासका बिबिध पक्षहरु निरिक्षण तथा अनुगमन गरि सरोकारवालाहरुसंग छलफल/ अन्तरक्रिया समेत गरियो । अनुगमन पश्चातको अन्तरक्रिया कार्यक्रममा २३ जना सरोकारवाला व्यक्तिहरु सहभागी भएका थिए ।

अनुगमन टोलीका सदस्यहरु

• श्री डबल पाण्डे – प्रमुख, जिल्ला समन्वय समिति,
• श्री मनमाया जिरेल – उपप्रमुख , जिल्ला समन्वय समिति
• श्री तुलसीनाथ गौतम – जिल्ला समन्वय अधिकारी , जिल्ला समन्वय समितिको कार्यालय
• कमल कुमारी कार्की – सदस्य , जिल्ला समन्वय समिति
• युबराज घताने – सदस्य , जिल्ला समन्वय समिति
• गीता पोखरेल – सदस्य, जिल्ला समन्वय समिति,
• श्री बिक्रम कार्की – बरिष्ठ कार्यक्रम अधिकृत , जिल्ला समन्वय समितिको कार्यालय
• श्री नारायण प्रसाद शिवाकोटी – ईन्जिनियर , जिल्ला समन्वय समितिको कार्यालय
• श्री शिब खड्का – सवारी चालक , जिल्ला समन्वय समितिको कार्यालय

• गोपिखोला- मिर्गे – काब्रे- पाडुडाडा- मार्बु क्षेत्रपा सडक ( बैतेश्वर रिंगरोड)
• गाउँपालिका केन्द्र निर्माण, पांडूडाडा

अनुगमनबाट प्राप्त भएका विकास प्रतिफलहरु

• नंया सडक निर्माण साथै सडकको स्तारुन्नती भएको
• ८० प्रतिशत आयोजनाहरु सम्पन्न भएको
• गाउँपालिका केद्र किटान गरि भवन निर्माणको लागि आगाडी बढाईएको
• आन्तरिक आयमा वृद्धि गर्न पहल गरिएको

देखिएका समस्याहरु

• वडा सचिवको नपुग भएको
• पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरुले प्रभावकारी रुपमा कार्य सम्पादन नगरेको
• सामाजिक विकासको पक्षमा कम ध्यान दिइएको

सुझाबहरु

• सहभागितात्मक योजना तर्जुमा प्रक्रिया एन/ नियमावली वमोजिम समय तालिका बनाएर गर्नुपर्ने
• क्षमता विकासका कार्यक्रमहरु संचालन गर्नु पर्ने
• विकास आयोजनाहरुको नतिजामुखी अनुगमन तथा मुल्यांकन प्रणाली लागु गर्नु पर्ने
• गाउँपालिकाको बस्तुगत विवरण तथा आवधिक विकास योजना निर्माण गरि योजनाबद्ध विकासको थालनी गर्नु पर्ने

शैलुंग गाउँपालिका (२०७५ असार १ र २ )

२०७५ असार १ र २ गतेका दिन जिल्ला समन्वय समिति, दोलखाका प्रमुख श्री डबल पाण्डेज्यूको नेतृत्वमा जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समितिका सदस्यज्यू, बरिष्ठ कार्यक्रम अधिकृत, ईन्जिनियर तथा पत्रकार समेत समाबेश भएको संयुक्त अनुगमन टोलि (१० जना ) शैलुंग गाउँपालिकामा संचालित बिभिन्न आयोजना , कार्यक्रम तथा सस्थागत विकासका बिबिध पक्षहरु निरिक्षण तथा अनुगमन गरि सरोकारवालाहरुसंग छलफल/ अन्तरक्रिया समेत गरियो । अनुगमन पश्चातको अन्तरक्रिया कार्यक्रममा ३० जना सरोकारवाला व्यक्तिहरु सहभागी भएका थिए ।
अनुगमन टोलीका सदस्यहरु

• श्री डबल पाण्डे – प्रमुख, जिल्ला समन्वय समिति,दोलखा
• श्री मनमाया जिरेल –उप प्रमुख, जिल्ला समन्वय समिति,दोलखा
• श्री तुलसीनाथ गौतम – जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समितिको कार्यालय ,दोलखा
• कमल कुमारी कार्की – सदस्य , जिल्ला समन्वय समिति,दोलखा
• मुरारीराज शिवाकोटी – सदस्य , जिल्ला समन्वय समिति,दोलखा
• श्री बिक्रम कार्की – बरिष्ठ कार्यक्रम अधिकृत , जिल्ला समन्वय समितिको कार्यालय ,दोलखा
• श्री नारायण प्रसाद श्रेष्ठ – बरिष्ठ कार्यक्रम अधिकृत , जिल्ला समन्वय समितिको कार्यालय ,दोलखा
• श्री रविन कार्की – लेखा प्रमुख , जिल्ला समन्वय समितिको कार्यालय ,दोलखा
• श्री टिकाराम ओली – लेखापाल , जिल्ला समन्वय समितिको कार्यालय ,दोलखा
• श्री शिब खड्का – सवारी चालक , जिल्ला समन्वय समितिको कार्यालय ,दोलखा
अनुगमन गरिएका आयोजना तह कार्यक्रमहरु

• गाउँपालिका केन्द्र सडक आयोजना , ( कालापानी सडक )
• गाउँ पालिका केन्द्र घडेरी निर्माण, काटकुटि
• महिला सामुदायिक भवन
• शैलुंग रङ्गशाला,
• संस्थागत विकास र सेवा प्रवाहको अवस्था

अनुगमनबाट देखिएका विकास प्रतिफलहरु
• जम्मा विकास आयोजनाहरु – १५५ वटा मध्य १४५ वटा आयोजनाहरु कार्य सम्पन्न भै सकेको
• ९० प्रतिशत आयोजनाहरु सम्पन्न भएको
• विकासका सवै क्षेत्रहरुलाइ समेटेको
• स्थानीय सरकार संचालन ऐन २०७४ वमोजिम विभिन्न विकास समितिहरु गठन भएको
• गाउँ पश्वोचित्र र आवधिक विकास योजना निर्माण भै रहेको
• आन्तरिक आय लगभग रु. ३५००००० उठाउन सकेको ( रु.५०००००० उठाउने लक्ष्य लिएको थियो )

• निजि आवास पुननिर्माणले गति लिएको

• शैलुंग गाउँ पालिकाका नागरिकहरुलाई प्रत्यक्ष प्रभाव पार्ने मुडे- मेलुंग सडक आयोजना मर्मत गर्न शुरु गरेको

देखिएका समस्याहरु

• वडा सचिवको नपुग भएको
• लेखा शाखामा कर्मचारिको अभाव भएको
• प्राबिधिक कर्मचारीहरुको कमि
• मुडे- मेलुंग सडकमा बर्षाको समयमा सडक यातायात संचालन गर्न कठिनाइ भएको

सुझाबहरु

• सहभागितात्मक योजना तर्जुमा प्रक्रिया एन/ नियमावली वमोजिम समय तालिका बनाएर गर्नुपर्ने
• क्षमता विकासका कार्यक्रमहरु संचालन गर्नु पर्ने
• विकास आयोजनाहरुको नतिजामुखी अनुगमन तथा मुल्यांकन प्रणाली लागुगर्नु पर्ने
• गाउँपालिकाको बस्तुगत विवरण तथा आवधिक विकास योजना निर्माण गरि योजनाबद्ध विकासको थालनी गर्नु पर्ने
• मुडे- मेलुंग सडकलाइ पहिलो प्राथामिकता दिई बजेट बिनियोजन गर्नु पर्ने

Skip to toolbar