वार्षिक समिक्षा गोष्ठी एवं जिल्ला समन्वय समिति, दोलखाको बैठक सम्पन्न । जिसस, दोलखाद्वारा आ.व. २०७३/७४ मा वितरण गरेको आर्थिक सहयोग सम्वन्धमा । आ.व. २०७४/७५ को जिल्ला दररेट सम्वन्धमा । जिल्ला समन्वय समिति, दोलखाको पदाधिकारीहरु र जिल्लास्थित सरकारी कार्यालयहरु वीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । जिल्ला समन्वय समिति, दोलखाको पहिलो बैठकको निर्णयहरु आ.व. २०७३/७४ मा जिसस, दोलखाबाट कार्यान्वयन भएका योजना तथा कार्यक्रमहरुको सम्पूर्ण विवरण जिसस, दोलखाको शिर्षकगत खर्च सहित ईन्धन, फर्निचर र विविध भुक्त्तानीको विवरण । आ.व. २०७३/७४ मा जिसस, दोलखाबाट कोष तथा लेखा नियन्त्रक कार्यालयमा रकम फिर्ताको विवरण जिल्ला समन्वय दोलखाको २०७३ फागुन मसान्तसम्मको अख्तियारी, निकासा, खर्च तथा जिम्मेवारी सारिएको विवरण आन्तरिक आय संकलनको ठेक्का बन्दोबस्त गर्ने सम्वन्धी सूचना ।

वार्षिक समिक्षा गोष्ठी एवं जिल्ला समन्वय समिति, दोलखाको बैठक सम्पन्न ।

भाद्र ५ गते पहिलो दिन

जिल्ला समन्वय समिति, दोलखाले आर्थिक वर्ष ०७३/७४ को वार्षिक समिक्षा बैठक यहि भाद्र ५ गते सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, दोलखाका प्रमुख डबल पाण्डेले उद्घाटन गर्नुभएको सो समिक्षा बैठकमा २१ वटा सरकारी कार्यालयहरु, नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकम लगायत सरकारी कार्यालय एवं कम्पनी तथा यूएनडिपी एवं यूनिसेफ लगायतका युएन एजेन्सी, ६ वटा अन्तराष्ट्रिय तथा २८ वटा राष्ट्रिय गैर सरकारी संस्थाहरुले आ-आफ्नो प्रगति प्रस्तुत गरेका थिए ।

करिव १५० जनाको उपस्थिति रहेको सो समिक्षा कार्यक्रममा सम्वन्धित सहभागीहरुले प्रश्न सोध्ने एवं सुझाव समेत दिने कार्य गरेका थिए । प्रस्तुत गरेका प्रगतिमा पूर्वाधार तर्फ मुख्य गरी सडक, खानेपानी, सिंचाई, सार्वजनिक / सामुदायिक भवन, तटवन्ध निर्माण गरेको पाईयो भने प्रवर्द्धनात्मक कार्यक्रम तर्फ कृषि, पशु लगायत आयआर्जनको माध्यमद्वारा प्रत्यक्ष लाभान्वित हुने योजना कार्यान्वयन गरेको पाईयो । युएन एजेन्सी सम्वद्व संस्थाहरु, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले मूलतः स्थानीय गैरसरकारी संस्था मार्फत कार्यक्रम संचालन गर्ने गरेको र केहि कार्यक्रम संचालन आफैले गरेको पाईयो । त्यस्तै ४७०४२ जना भूकम्प प्रभावितले प्रथम किस्ता, ९३४१ जनाले दोश्रो किस्ता र ६४१ जनाले तेश्रो किस्ता प्राप्त गरेको देखियो ।

विद्युत प्राधिकरण तर्फ केन्द्रिय स्तरमा संचालित आयोजना र जिल्लास्थित विद्युत प्राधिकरणको शाखा कार्यालय वीच समन्वय नहुदा १३२ के.भी. प्रसारण लाईन निर्माण, सव-स्टेसन निर्माण तथा संचालनमा समस्या आउनुको साथै ३३ के.भी. प्रसारण लाईनमा समन्वयात्मक कमजोरीका कारण समस्या आउनाले पटक पटक विद्युत कटौती हुने गरेको पाईयो । प्रस्तुतिको कार्यक्रम सके पश्चात समिक्षा बैठकका सभापति एवं जिल्ला समन्वय समिति, दोलखाका प्रमुख डबल पाण्डेले छलफलका क्रममा आएका सुझावहरुलाई आफुले गम्भीरताका साथ आत्मसाथ गर्दै आगामी दिनका लागि मार्गदर्शनका रुपमा लिएको र समाधानका लागि अन्तर निकायहरु वीच सक्दो समन्वय गरी पहल गर्ने बताउनु भएको थियो ।

वार्षिक समिक्षा बैठकमा सरोकारवाला सहभागिहरुद्वारा  तपसिलका बुंदाहरु सहितका सुझावहरु प्राप्त भयो ।

१. भत्केका संरचनाको पुनर्निर्माण र नयाँ संरचना निर्माण गर्दा सरकारी निकाय तथा गैर सरकारी संस्थाले प्रि-फेब्रिकेटेड संरचना भन्दा स्थायी संरचना निर्माण गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने ।

२. गैरसरकारी संस्थाहरुले आफ्नो सविकको कार्यक्रममा पुनरावलोकन गर्नुपर्ने र त्यसका लागि गाउँपालिका एवं नगरपालिकासँग समन्वय गरी गाउँसभा एवं नगरसभाबाट पारित कार्यक्रम मध्येबाट छनौटगरी कार्यक्रम तय गर्नुपर्ने । गैरसरकारी संस्थाले विभिन्न गाउँपालिका वा नगरपालिकाका केहि वडाहरु छनौट गर्नुभन्दा एउटा गाउँपालिका वा नगरपालिका पुरैमा कार्यक्रम संचालन गर्ने । एउटा मात्र गैरसरकारी संस्थाको श्रोतबाट एउटा पुरै गाउँपालिका वा नगरपालिका समेट्न नसकिने अवस्थामा एक भन्दा बढी गैरसरकारी संस्थाहरुको सहकार्यमा गर्नुपर्ने ।

३. अर्थ मन्त्रालयबाट प्रकाशित रातो कितावमा देखिएको बजेटबाट युएन एजेन्सी वा अन्तराष्ट्रिय गैरसरकारी संस्थाले खर्च गर्नु वा सोझै खरिद गर्नु कानुन सम्मत नहुने हुँदा यस्तो खर्च सरकारी कार्यालय वा गाउँपालिका तथा नगरपालिका मार्फत संचालन गर्नुपर्ने ।

४. अन्तराष्ट्रिय/ राष्ट्रिय गैरसरकारी संस्थाले कार्यक्रम संचालन गर्दा स्थानीय तह एवं सरकारी कार्यालयसँग समन्वय गरी मात्र गर्ने, यसो गर्दा दोहोरोपना घट्ने सम्भावना रहने ।

५ . चालु आ.व. का लागि औषधि खरिदमा गाउँपालिका र नगरपालिकाले बजेट छुट्याउनुपर्ने ।

भाद्र ६ गते दोश्रो दिन

मिति २०७४ भाद्र ६ गते जिल्ला समन्वय समिति, दोलखाका प्रमुख एवम् पदाधिकारीहरु, नगरपालिकाका प्रमुख एवम् उपप्रमुख, गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्षहरु,  राजनीतिक दलका प्रमुख, एवम् प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक, डिभिजन सडक कार्यालयका प्रमुख एवम् कर्मचारी, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, सिंगटीखोला जलविद्युत आयोजना, घट्टेखोला जलविद्युत आयोजना, तल्लो खारेखोला जलविद्युत आयोजना, खानीखोला १ जलविद्युत आयोजना, सुरी हाइड्रोपावर लिमिटेडका प्रमुख एवम् प्रतिनिधिहरु र पत्रकारहरु समेतको उपस्थितिमा वैठक सम्पन्न भएको थियो ।

उक्त बैठकमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडबाट दोलखा जिल्लावासीलाई उपलब्ध गराउने १० प्रतिशत शेयरको सम्बन्धमा दोलखावासीलाई कम्तीमा ३० कित्ता र बढीमा ३०० कित्ता सम्म आवेदन गर्न पाउने र अति प्रभावितः प्रभावित र जिल्लाका बाँकी भागलाई ३: १.४: १ को शेयर सुनिश्चित हुने गरी २०७४ पौष मसान्तभित्र शेयर निस्कासन गर्नको लागि अपर तामाकोशी हाइड्रोपावर लिमिटेडलाई अनुरोध गर्ने निर्णय गरिएको थियो । त्यसैगरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट ढुंगा बालुवा गिटी, राजस्व संकलनको लागि गरिएको व्यवस्थासँग स्थानीय तह (गाउँपालिका र नगरपालिका) सहमत हुन नसकेको हुँदा सो सम्बन्धमा आवश्यक पुर्नविचार गर्न पत्राचार गर्ने र डिभिजन सडक कार्यालय मार्फत गरिने सडक पुलहरुको कार्यलाई तोकिएको समयमा सम्पन्न गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने समेत निर्णय गरिएको थियो । उक्त बैठकमा माथि उल्लेखित जलविद्युत कम्पनीहरुले नियमानुसार कर तिर्न सहमति समेत जनाएका थिए ।

Skip to toolbar