संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु आ.ब २०७५/०७६ को जिल्ला दररेट दोलखा जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धता दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुत आ.व. २०७५/०७६ को बार्षिक कार्यक्रम तथा वजेट दोश्रो जिल्ला सभा सम्पन्न (२०७५/०५/०७ गते ) आ.व २०७४/०७५ मा जिससले सम्पादन गरेका कार्यक्रमहरुको विवरण र पत्रकार सम्मेलन सम्पन्न क्षमता विकास तालिम सम्पन्न (नगर/गाउँ तहको तालिम) विकास आयोजना तथा कार्यक्रमहरुको अनुगमन कार्य सम्पन्न बजेट तथा योजना तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

बजेट तथा योजना तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७५ साल वैशाख १९ गतेका दिन प्रदेश न. ३ सरकार अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजना र जिल्ला समन्वय समिति,दोलखाको संयोजनमा आ.ब २०७५/०७६ को लागि प्रदेश सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्वन्धी प्रस्तुति, अन्तरक्रिया एवम तथ्यांक संकलन कार्यक्रम सम्पन्न भयो ।
जिल्ला समन्वय समिति, दोलखाका प्रमुख डबल पाण्डेको अध्यक्षतामा र प्रदेश न. ३ सरकार अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्रि कैलाश ढुंगेलज्यूको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभाका माननीय सदस्य शान्तिमाँया तामांग, पुर्ब मन्त्रि आनन्द प्रसाद पोखरेल , प्रदेश सभाका माननीय सदस्यहरु क्रमश विशाल खड्का,आङ देन्डी शेर्पा र हिमाली गोले, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरु ,प्रदेश सरकारका सचिब लगायत विषयगत शाखाका कर्मचारीहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु,जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका अथितिज्युहरु तथा प्रतिनिधिमुलक सहभागीहरुको तर्फबाट स्थानीय तहको विकास निर्माण सम्वन्धमा सुझाब पेश गर्नु भएको थियो र सहभागीहरुबाट लिखित सुझाब पनि संकलन गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्रि कैलाश ढुंगेलले वर्तमान सन्दर्भमा स्थानीय तह र प्रदेशको विकास निर्माणको लागि जनप्रतिनिधिहरुले महत्वपूर्ण भूमिका सम्वन्धमा प्रशिक्षण दिनु भएको थियो ।
यस कार्यक्रममा प्रदेश सरकार अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयका नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो भने अन्य मन्त्रालयहरु क्रमश ;बन, वाताबरण तथा पर्यटन मन्त्रालय , आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयबाट विगतदेखि वर्तमान समय सम्मको गतिविधिहरु प्रस्तुत गरिएको थियो ।

Skip to toolbar