संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु आ.ब २०७५/०७६ को जिल्ला दररेट दोलखा जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धता दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुत आ.व. २०७५/०७६ को बार्षिक कार्यक्रम तथा वजेट दोश्रो जिल्ला सभा सम्पन्न (२०७५/०५/०७ गते ) आ.व २०७४/०७५ मा जिससले सम्पादन गरेका कार्यक्रमहरुको विवरण र पत्रकार सम्मेलन सम्पन्न क्षमता विकास तालिम सम्पन्न (नगर/गाउँ तहको तालिम) विकास आयोजना तथा कार्यक्रमहरुको अनुगमन कार्य सम्पन्न बजेट तथा योजना तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुत आ.व. २०७५/०७६ को बार्षिक कार्यक्रम तथा वजेट

दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितीको तर्फबाट
प्रस्तुत
आ.व. २०७५÷०७६ को बार्षिक कार्यक्रम तथा वजेट
जिल्ला समन्वय समिति दोलखाको निमन्त्रणालाई स्विकार गरि दोस्रो जिल्ला सभामा पाल्नु भएका प्रमुख अतिथी प्रतिनिधि सभाका माननीय सांसद पार्वत गुरुङज्यू, विशिष्ठ अतिथि प्रदेश सरकारका माननीय मन्त्रिज्यूहरु, संघियसभा तथा प्रदेशसभाका माननीय सदस्यज्यूहरु, पुर्व मन्त्रिज्यिूहरु, जल्ला सभाका सदस्यज्युहरु, राजनीतिक पार्टीका प्रमुख एवं प्रतिनिधिज्यूहरु, संघिय सरकार एवं प्रदेश सरकार अन्तरगत विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, नागरिक समाज, आमसञ्चार जगत, समाजसेवी तथा उपस्थित सम्पुर्ण कर्मचारी साथीहरु साथै सभामा उपस्थित सम्पूर्ण महानुभावहरुमा नेपालको संविधानको धारा २२० र स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ९६ मा भएको व्यवस्था बमोजिम आयोजना हुन गैरहेको दोलखा जिल्लाको दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समिति दोलखा र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछु ।
राष्ट्रनिर्माणको खातिर अमुल्य जिवन उत्सर्ग गर्नुहुने र निरंकुशता विरुद्धको ऐतिहासिक जनक्रान्ति र जनआन्दोलनमा शहादत प्राप्त गर्नुहुने ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गर्न चाहान्छु । साथै विनासकारी भुकम्पबाट दिवंगत हुनु भएका सम्पुर्ण मृतआत्माहरु प्रति श्रद्धासुमन अर्पण गर्दछु ।
संयुक्त राष्ट्र संघिय दिगो विकासका निर्धारित सुचाङ्कहरु, १४औं त्रिवर्षिय योजनाका लक्ष, उद्देश्य तथा कार्यक्रमहरु, नेपाल राज्यको संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ अनुरुप संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न विकास निर्माण लगायतका कार्यहरु सञ्चालन गर्नु पर्नेछ । जिल्ला समन्वय समिति स्थानीय तह अन्तरगत कै एउटा ईकाइ भएकोले यसको काम, कर्तव्य र अधिकार निम्न बमोजिम उल्लेख गरिएको व्यहोरा सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहन्छु ।
१) जिल्लाभित्रका स्थानीय तह गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने,
२) विकास निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने,
३) जिल्लाका संघीय र प्रदेश सरकारी कार्यलय एवं गाउँपालिका र नगरपालिका बीच समन्वय कायम गर्ने,
४) स्थानीयस्तरमा गैर–सरकारी संस्थाबाट संचालित कार्यक्रमको समुदायगत, विषयक्षेत्रगत र पर्यावरणीय सन्तुलन कायम गर्न अनुगमन गरी आवश्यक सुझाव वा मार्गदर्शन दिने र त्यसलाई सार्वजनिक गर्ने,
५) जिल्लाभित्रका गाउँपालिका तथा नगरपालिकाको क्षमता विकासको लागि प्रदेश तथा संघसँग समन्वय गरी क्षमता विकासका कार्यहरु गर्ने,
६) जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच कुनै विवाद उत्पन्न भएमा सो को समाधानका लागि समन्वय तथा सहजिकरण गर्ने
७) जिल्लाको विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन भए नभएको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा अनुगमन गरी सन्तुलन कायम गर्नको लागि सुझाव दिने,
८) जिल्ला भित्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन सम्बन्धी योजना र कार्यको समन्वय गर्ने, र
९) संघिय सरकार र प्रदेश सरकारले तोकेका अन्य कार्यहरु गर्ने ।
जिल्ला समन्वय समिति दोलखाले समग्र विकासका क्षेत्रमा सम्पादन गरेका कामहरुको बारेमा उपस्थित महानुभावहरुलाई जानकारी गराउदै आगामी बर्षमा यस जिल्लाले सबैं स्थानीय तहहरुमा समग्र जिल्लाको विकासको लागि गर्नुपर्ने कार्यमा एकरुपता ल्याउन निर्वाह गर्ने भूमिकाको सम्बन्धमा प्रकाश पार्न चाहन्छु । संघ, प्रदेश र स्थानीय तह बीच पूलको रुपमा भुमिका निर्वाह गरी हालको परिवर्तित अवस्थामा यस जिल्ला समन्वय समितिले सहकारिता, सह—अस्तित्व र समन्वयको सिद्धान्तमा आधारित भै कार्य अगाडी बढाउने प्रतिवद्धता सम्मानित जिल्ला सभा समक्ष व्यक्त गर्न चहान्छु ।
आदरणिय महानुभावहरु,
जिल्ला समन्वय समिती दोलखाले आफ्नो अधिकार क्षेत्र भित्र रहेर एक वर्षमा गरेका कार्यहरु यहाँहरु समक्ष प्रस्तुत गर्न चाहान्छु ः
ड्ड आर्थिक वर्ष २०७३÷०७४ मा संचालन भएका विकास आयोजना तथा कार्यकक्रमहरुको वार्षिक प्रगति समीक्षा गोष्ठी मिति २०७४ भदौ ५ र ६ गते सम्पन्न गरिएको छ ।
ड्ड जिल्लाभित्र संचालित विकास आयोजनाहरुको निरीक्षण, अनुगमन र समन्वय गर्नको लागि जिल्ला समन्वय समितिका पदाधिकारी एवं सदस्यहरुको कार्य जिम्मेवारी बाँडफाड गरिएको छ । सोही अनुसार पदाधिकारी एवं सदस्यहरु क्रियाशील रहनु भएको छ ।
ड्ड जिल्ला समन्वय समितिको आयोजना र गैर सरकारी संस्था सिविन नेपालको सहयोगमा विगु र कालिन्चोक गाउँपालिकाका जनप्रनिधिहरुको सहभागितामा स्थानीय बालमैत्री शासन सम्बन्धी क्षमता विकास तालिम सम्पन्न गरिएको छ ।
ड्ड जिल्ला बाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभाका माननीय सदस्यज्यूहरु, प्रदेश सभाका माननीय सदस्यज्यूहरु, स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरु, प्रमु्ख प्रशासकीय अधिकृतहरु, ७४ वटै वडाका अध्यक्षहरु, र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागितामा मिति २०७४ साल माघ १४ र १५ गते जिल्लाको विकास निर्माण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएकोछ ।
ड्ड वर्तमान संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम स्थानीय स्तरका सहकारीहरुको प्रशासन र व्यवस्थापन स्थानीय तहको कार्य जिम्मेवारीमा परेकोले सबै पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षहरुको सहभागितामा जिल्लास्तरीय सहकारी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएकोछ ।
ड्ड सबै स्थानीय तहका जनप्रतिनिधिहरु र जिल्लाको विकासमा सरोकार राख्ने सबैको सहभागितामा “समृद्ध दोलखा निर्माणको लागि जिल्लास्तरीय गोष्ठी” मिति २०७४ साल चैत्र १४ र १५ गते सम्पन्न गरिएकोछ ।
ड्ड संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयबाट प्राप्त तालिम कार्यक्रम बमोजिम यस जिल्ला अन्तर्गत ९ वटै स्थानीय तहहरुका सम्पूर्ण जनप्रतिनिधिहरुको सहभागितामा योजना तर्जुमा, बजेट निर्माण, अनुगमन तथा मूल्यांकन प्रणाली, वित्त व्यवस्थापन, वडा समितिका काम, कर्तव्य र अधिकार, शुसासन, सामाजिक परिचालन, विकास र समृद्धि विषयमा गाउँस्तरमै ३ दिने क्षमता विकास तालिम कार्यक्रम सम्पन्न गरियो । उक्त तालिममा निर्वाचित जनप्रतिनिधिहरु ३४६ जना र अन्य कर्मचारीहरु सहित ५०० जनाको सहभागिता रहेको थियो ।
ड्ड सोहि बमोजिम स्थानीय तहका प्रमुख एवम उपप्रमुखहरु, जिससका पदाधिकारी र सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, लेखा प्रमुखहरु र जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागितामा एकीकृत सम्पति कर र वित्त व्यवस्थापन सम्बन्धी जिल्लास्तरीय तालिम कार्यक्रम सम्पन्न गरियो ।
ड्ड जिल्ला समन्वय समितिको आयोजनामा नगर÷गाउँपालिकाका उपप्रमुख÷उपाध्यक्षहरु लगायत न्यायिक समितिका अन्य सदस्यहरुको लागि मेलमिलाप र न्यायीक निरुपण सम्बन्धी ८ दिने क्षमता विकास तालिम सम्पन्न गरिएकोछ ।
ड्ड जिल्लाभित्र संचालित विकास आयोजना तथा कार्यक्रमहरुको अनुगमन अन्र्तगत जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका र शैलुङ्ग गाउँपालिकाबाट आ.ब. ०७४÷०७५ मा संचालित आयोजना तथा कार्यक्रमहरुको निरिक्षण र अनुगमन गरी सम्बन्धित पक्षहरुलाई सुझाव दिने कार्य गरिएकोछ ।
ड्ड प्रदेश नं. ३ का माननीय अर्थ मन्त्रीज्यूूको आतिथ्यतामा आ.ब. ०७५÷०७६ को योजना तथा बजेट तयारी सम्बन्धमा सबै सरोकारवाला निकाय÷व्यक्तिहरु सहभागि गराई जिल्लाको विकास निर्माणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएकोछ ।
ड्ड जिल्ला समन्वय समितिहरुको कार्यजिम्मेवारी र भूमिकाका सम्बन्धमा दोलखा, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्ला समन्वय समितिका सबै पदाधिकारी र सदस्यहरुको सहभागितामा दुई दिने कार्यक्रम सम्पन्न गरि ४ जिल्लाका प्रमुखहरुबाट ११ बुँदे साझा प्रतिवद्धता पत्र जारी गरी कार्यान्वयनको लागि सम्बन्धित निकायहरुमा पहल र प्रयत्न भइरहेकोछ ।
ड्ड जिल्लामा क्रियाशील गैससहरुले गरेका विभिन्न विकास निर्माण लगायतका क्रियाकलापहरुको अनुगमनमा सक्रिय सहभागिता भै रहेको छ ।
ड्ड जिल्ला समन्वय समितिले सम्पादन गनुपर्ने कार्यहरुलाई प्रभावकारी बनाउन वर्तमान कर्मचारी संरचना परिमार्जन गर्नुपर्ने देखिएकोले कर्मचारीहरुको संगठनात्मक संरचना परिमार्जनको लागि जिससले निर्णय गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाईएको छ ।
ड्ड तामाकोशी हाइड्रोपावर लिमिटेडद्धारा दोलखावासीहरुलाई वितरण गरिने १० प्रतिशत साधारण शेयरको बाडफाड कार्य सरल र सहज बनाउन जिससको नेतृत्वमा पहल गरिएको र शेयर वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु, वडा अध्यक्षहरु साथै अन्य सरोकारवालाहरुको सहभागितामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो । शेयर वितरणको उक्त शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि माननीय उर्जा मन्त्रीज्यू तथा अतिथिको रुपमा माननीय सांसदज्यूहरुको उपस्थिती रहेको थियो ।
ड्ड भूकम्प पिडितहरुको निजी आवास पुननिर्माणको लागि अनुदान रकम उपलब्ध गराउन सहजीकरण गर्नुको साथै गुनासो व्यवस्थापनको लागि पहल गरिएको र हाल गुनासो व्यवस्थापनमा उल्लेख्य प्रगति भएकोछ । आ.व. २०७४÷०७५ मा यस जिल्लामा निजी आवास पुनर्निमाण तर्फ लाभगा्रहिलाई रु. ९६०५१५००० (नौ अर्ब साठीकरोड एकाउन्न लाख पचास हजार) भुक्तानी गरिएको छ । प्रथम किस्ता ९६ प्रतिशत, दोस्रो किस्ता ८० प्रतिशत र तेश्रो किस्ता ६२ प्रतिशत भुक्तानी गरिएकोछ ।
ड्ड जिल्ला समन्वय समितिको तर्फबाट केन्द्रिय स्तर, प्रदेशस्तर एवं विकास साझेदारहरुले आयोजना गरिएका कार्यक्रमहरुमा नियमित सहभागि भई जिल्लाको विकासको लागि प्रदेश सरकार, केन्द्रिय सरकार र विकास साझेदारहरु समक्ष नियमित छलफल, अन्तरक्रिया र पैरवी गरिएकोछ ।
आदरणिय उपस्थित महानुभावहरु,
संविधानको धारा २२० को उपधारा (७) (क), (ख), (ग) र (घ) तथा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९२ बमोजिम जिल्ला समन्वय समितिको तर्फबाट गरिने आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहान्छु ः
(क) गाँउपालिका र नगरपालिका वीच समन्वय गर्ने ः
ड्ड जिल्ला भित्रका स्थानीय तह अन्तरगत गाँउपालिका÷नगरपालिका वीचको बिकास निर्माणका विषय पहिचान गर्न तथा व्यवस्थापन गर्न आवश्यक समन्वय गरी कार्यक्रम सञ्चालन गर्न जिल्ला समन्वय समितिको पहल निरन्तर रहनेछ ।
ड्ड जिल्ला भित्रका एक गाँउपालिका र अर्को गाँउपालिका, गाँउपालिका र नगरपालिका तथा एक नगरपालिका र अर्को नगरपालिका वीच कुनै विवाद उत्पन्न भएमा सो को समाधानको लागि समन्वय तथा सहजीकरण गर्ने भूमिका समेत जि.स.स. ले गर्नेछ ।
ड्ड जिल्ला भित्र हुने प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन सम्वन्धि योजना र कार्यको समन्वय जिल्ला समन्वय समितिले गर्नेछ ।
(ख) जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय एवं गाँउ÷नगरपालिका वीच समन्वय गर्ने ः
ड्ड जिल्लाभित्र रहने संघिय सरकारी कार्यालयहरु, प्रदेशका सरकारी कार्यालयहरु र ७ वटै गाँउपालिका तथा २ वटै नगरपालिका वीच जि.स.स.ले आवश्यकता अनुसार समन्वय र सहजिकरण गर्नेछ ।
ड्ड जिल्लामा सञ्चालन हुने विकास निर्माण कार्यको सहजकर्ता, समन्वयकर्ता र अनुगमनकर्ताको भूमिका निर्वाह गर्न यस कार्यालयको भूमिकालार्ई प्रभावकारी बनाउदै लगिनेछ । यसका लागि जिल्लाका सबैं स्थानीय तहहरुसँग हातेमालो गदैं अगाडी बढने नीति अवलम्बन गरिनेछ ।
ड्ड जिल्लाको विकास निर्माण कार्यलाई प्रभावकारी वनाउन वर्षको कम्तीमा एक पटक वार्षिक समिक्षा कार्यक्रम आयोजना गरीनेछ ।
(ग) विकास निर्माण कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने ः
ड्ड जिल्ला भित्रको विकास निर्माण कार्यमा सन्तुलन कायम गर्न सरकारी÷गैरसरकारी संघसंस्था तथा नीजि क्षेत्रसँग जिल्ला समन्वय समितिले समन्वय गर्नेछ ।
ड्ड जिल्ला भित्रको विकास निर्माण कार्यमा सन्तुलन भए नभएको सम्वन्धमा अध्ययन, अनुसन्धान तथा अनुगमन गरी विकास निर्माण सम्वन्धि कार्यमा सन्तुलन कायम गर्नको लागि संघिय मन्त्रालय, प्रदेश सरकारको मन्त्रालय तथा सम्वन्धित गाँउ÷नगर पालिकालाई समेत सुझाव दिनेछ ।
ड्ड जिल्ला भित्र सरकारी÷गैरसरकारी क्षेत्रबाट सञ्चालित विकास निर्माण लगायतका कार्यक्रमको विवरण तयार गरी कार्यक्रमको प्रभावकारीता तथा व्यवस्थापनका विभिन्न चरणमा अनुगमन गर्ने, कार्यक्रमको प्रतिफलका सम्वन्धमा क्षेत्र वा समुदायगत, बिषयक्षेत्रगत र पर्यावरणीय सन्तुलन कायम गर्न आवश्यक सुझाव वा मार्गदर्शन दिने र दिएका सुझाव र मार्गदर्शनलाई जिल्ला समन्वय समितिले सार्वजनिक गर्ने ।
(घ) क्षमता विकास तथा तथ्याङ्क अध्यावधिक सम्वन्धि कार्य गर्ने ः
ड्ड क्षमता अभिबृद्धि सम्वन्धि कार्यविधि बनाई विभिन्न तालिम, गोष्ठि, अनुशिक्षण कार्यक्रमहरु सञ्चालन गर्न मार्गदर्शन प्रदान गरिनेछ ।
ड्ड स्थानीय तहका जनप्रतिनिधिहरु, कर्मचारीहरु र विभिन्न उपभोक्ता समितीहरुको क्षमता विकास, शु–शासन, न्यायिक अधिकार, अध्ययन, अनुसन्धान र अवलोकन सम्वन्धि तालिम कार्यक्रम जिल्ला समन्वय समितिको सहजिकरणमा सञ्चालन गर्न कार्ययोजना निर्माण गरि कार्यान्वयन गरिनेछ । जि.स.स.ले यसको शुरुवात गरिसकेकोछ भने मिति २०७५ भाद्र ८ गते (भोली) देखि १० गते सम्म न्यायिक समितिको लागि ३ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
ड्ड जिल्लामा रहेका ९ वटै पालिकाहरुले पालिकास्तरको वस्तुगत विवरण र आवधिक पालिका योजना निर्माण गरि सकेपछि जिल्लाको वर्तमान अवस्था विश्लेषण, विकासका प्राथमिकताहरु निर्धारण गरी वार्षिक जिल्ला विकास योजना तर्जुमा र नतिजामुखी अनुगमन तथा मूल्यांकनको गन्तव्य तय गर्न जिल्लाको वस्तुगत विवरण र आवधिक जिल्ला विकास योजना निर्माण गरिनेछ ।
(ङ) संघिय सरकार र प्रदेश सरकारले तोके बमोजिमका कार्यहरु गर्ने ः
आदरणिय उपस्थित महानुभावहरु,
जिल्ला समन्वय समिति स्थानीय तह अन्तरगतको कार्यकारी तह नभै समन्वयकारी तह भएकोले विकास निर्माण सम्वन्धि कार्यक्रम यस कार्यालय बाट सञ्चालन हुँदैनन् । त्यसैले साविकको जिविस कोषमा रहेको र संघिय सरकारबाट प्राप्त कार्यालय सञ्चालन वजेट यहाँहरु माझ प्रस्तुत गर्ने अनुमति चाहान्छु ः
ड्ड जिल्ला समन्वय समिति दोलखाको आय–व्यय विवरण निम्नानुसार रहेको व्यहोरा सम्मानित जिल्ला सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
ड्ड विगत आ. व. २०७४÷०७५ मा संघिय सरकारबाट प्राप्त वजेट १,९१,९६०००।– (एक करोड एकानब्बे लाख छयानब्बे हजार) मध्ये तलब भत्तामा एक करोड एकचालिस लाख, कार्यालय सञ्चालन तर्फ तिस लाख छयानब्बे हजार र कार्यक्रम खर्च बिस लाख रहेकोमा यस बाट हल निर्माण सुधार कार्यलयको रंगरोगन लगायतका कार्यहरु सम्पन्न गरिएकोछ ।
ड्ड स्थानीय विकास कोष (ीम्ँ) तर्फ कृषि विकास बैंकमा रु.६१,७३,४४८÷– (अक्षेरुपी एक सठ्ठी लाख त्रिहत्तर हजार चार सय अड्चालिस मात्र) मौज्दात रहेकोछ । उक्त रकमलाई मुद्धति खाताको म्याद सकिए पछि समानुपातिक तवरबाट स्थानीय सरकारहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाईनेछ ।
ड्ड जिल्ला समन्वय समितिमा रहेको जग्गा रजिष्ट्रेशन वापतको शुल्क र ढुङ्गा, गिटी, वालुवा जस्ता नदी जन्य पदार्थ वापतको दुवै शिर्षकमा रु. ३,५१,३४,८९८÷– (अक्षेरुपी तीन करोड एकाउन्न लाख चौतिस हजार आठ सय अन्ठान्नव्वे मात्र) मौज्दात रहेकोछ । उक्त रकम स्थानीय सरकारलाई उपलब्ध गराउनु पर्ने विषय भएकोले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलाई रोक्का फुकुवा गरिदिन अनुरोध गर्ने र फुकुवा भएपछि विषयको प्रभाव र कार्यक्षेत्रको आधारमा स्थानीय तहका प्रमुखहरुसंगको समन्वयमा जिल्ला समन्वय समितिले स्थानीय तहमा पठाउने व्यवस्था मिलाईने छ ।
ड्ड जिल्ला सभाको कोषमा कूल रु. ५,५३,६८,४२१÷६४ (अक्षेरुपी पाँच करोड त्रिपन्न लाख अठसठ्ठी हजार चार सय एक्काईस र चौसठ्ठी पैसा मात्र) रहेकोछ । जिल्ला विकास कोषको रकम जिल्लाकै समग्र विकास निर्माण समन्वय र सहजीकरणमा प्रभावकारी ढंगले परिचालन गर्नको लागि रोक्का फुकुवा गर्न संघीय सरकारलाई अनुरोध गरिएको छ । फुकवा भैसकेपछि स्थानीय तहका प्रमुखहरुसंगको समन्वयमा खर्च गर्ने व्यवस्था मिलाईने छ ।
ड्ड आ.व.०७५÷७६ का लागि प्राप्त बजेट तलब भत्ता, पारिश्रमिक बाहेक कार्यालय संचालन, अनुगमन, समिक्षा बैठक समेतका लागि जम्मा रु. २१,१८,०००÷– (अक्षेरुपी एक्काईस लाख अठार हजार मात्र।) प्राप्त भएकोे व्यहोरा सम्मानित जिल्ला सभा समक्ष जानकारी गराउन चाहन्छु ।
अन्त्यमा,
श्रद्धेय प्रमुख अतिथिज्यू, विशिष्ठ अतिथिज्यूहरु, सम्मानित अतिथि गण एवं समस्त उपस्थित महानुभावहरु आगामी आ.व. का लागि प्रस्तावित बार्षिक कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउन जिल्लाका सबैं स्थानीय तहहरु (७ वटै गाउँपालिका र २ वटै नगरपालिका) र जिल्ला समन्वय समिति बीच सम्पर्क, समन्वय र निरन्तर सहयोगको आवश्यकता महशुस गरेको छु । यस्तो समन्वयकारी सहयोगबाट सम्बन्धित क्षेत्रमा गरिने बार्षिक कार्यक्रम कार्यान्वयनको सुनिश्चितता एवं पारदर्शिता र उत्तरदायित्वको थप प्रवद्र्धन हुने विश्वास समेत लिएको छु । जिल्लाको समन्वयकारी भुमिकाको हैसियतले बार्षिक कार्यक्रम तयार गर्ने क्रममा सल्लाह सुझाव दिनुहुने संघ एवं प्रदेश सरकारका माननीय मन्त्री एवं सांसदज्यूहरु, स्थानीय सरकारका प्रमुख÷उपप्रमुखज्यूहरु, अध्यक्ष÷उपाध्यक्ष ज्यूहरु, साथै कार्यालयका समन्वय अधिकारी लगायत कर्मचारी मित्रहरु एवं सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा गर्नुपर्ने विषयहरुमा आफ्नो रचनात्मक सुझावको अपेक्षा गर्दछु । राज्य पूनरसंरचना पछि देशको राजनैतिक परिवर्तन र ३ वटै तहको सरकार गठन पश्चातको यो दोलखा जिल्लाको दोस्रो ऐतिहासिक जिल्ला सभामा उपस्थित भई सभाको शोभा बढाई दिनु भएकोमा सबैं महानुभावहरु प्रति जिल्ला समन्वय समितिको तर्फबाट हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्न चाहान्छु ।
परिवर्तित परिस्थितिमा जिल्ला समन्वय समितिको कार्यकारी भुमिका नभए तापनी समग्र जिल्लाको विकासको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार “समृद्ध दोलखा, सुखी दोलखाली” बनाउन स्थानीय तहहरुबाट बजेट तथा कार्यक्रम सञ्चालन एवं कार्यान्वयन गर्दा विगतमा जिल्ला विकास समितिले लिएको जिल्लाको दुरदृष्टि युक्त दृष्टिकोण (ख्ष्क्ष्यल) “समृद्ध दोलखाको आधार, जलश्रोत, पर्यटन, व्यवशायिक कृषि र पुर्वाधाार” भन्ने नारालाई अंगिकार गदै कार्य सम्पादन गर्नु हुनेछ भन्ने पुर्ण विश्वास सहित यस गरिमामय जिल्ला सभामा आफ्नो कार्यब्यस्ततालाई व्यवस्थापन गरि उपस्थिती जनाउनु हुने प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरु, अतिथिज्यूहरु लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्न चाहान्छु ।

धन्यवाद

डबल पाण्डे
प्रमुख
जिल्ला समन्वय समिति, दोलखा

Skip to toolbar