संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु आ.ब २०७५/०७६ को जिल्ला दररेट दोलखा जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धता दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुत आ.व. २०७५/०७६ को बार्षिक कार्यक्रम तथा वजेट दोश्रो जिल्ला सभा सम्पन्न (२०७५/०५/०७ गते ) आ.व २०७४/०७५ मा जिससले सम्पादन गरेका कार्यक्रमहरुको विवरण र पत्रकार सम्मेलन सम्पन्न क्षमता विकास तालिम सम्पन्न (नगर/गाउँ तहको तालिम) विकास आयोजना तथा कार्यक्रमहरुको अनुगमन कार्य सम्पन्न बजेट तथा योजना तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोश्रो जिल्ला सभा सम्पन्न (२०७५/०५/०७ गते )

जिल्ला समन्वय समिति, दोलखाको आयोजनामा दोश्रो जिल्ला सभा मिति २०७५ साल भदौ ७ गतेका दिन सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख श्री डबल पाण्डेको अध्यक्षतामा तथा प्रतिनिधि सभाका माननीय सदस्य पार्बत गुरुंगको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रदेश न. ३ वन, पर्यटन तथा उद्योग मन्त्रालयका माननीय मन्त्री अरुण नेपालज्यू, आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री कैलाश ढुंगेलज्यू, भौतिक निर्माण मन्त्रालयका माननीय मन्त्री केशब स्थापितज्यू, पुर्ब मन्त्री आनन्द प्रसाद पोखरेलज्यू, प्रदेश सभाका माननीय सदस्यहरु क्रमश. पशुपति चौलागाईंज्यू, बिशाल खड्काज्यू, सरस्वती बस्नेतज्यू र हिमाली गोलेज्यू, पुर्ब राज्य मन्त्री देवी खड्काज्यू, ३ न. प्रदेश सचिब रमेश शिवाकोटीज्यू रहनु भएको थियो । नगर/गाउँपालिकाका प्रमुख एवम उपप्रमुखहरुज्यू, सुरक्षा निकायका प्रमुख लगायत जिल्लास्थित कार्यालयका प्रमुखहरु, गैसस, निजि क्षेत्र, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि र बिशेष अतिथिहरुज्यूहरुले दोलखा जिल्लाको समग्र विकासमा आफुहरु लागिपर्ने र सवै सरोकारवाला निकायहरुसंगको समन्वय र सहकार्यका समृद्द जिल्ला निर्माण गर्ने प्रतिबद्दता सहित दोश्रो जिल्ला सभाको सफलताको लागि शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । जिल्ला समन्य समितिका प्रमुख श्री डबल पाण्डेले प्रस्तुत गर्नु भएको आ.ब २०७४/०७५ मा जिल्ला समन्वय समितिले सम्पादन गरेका कार्यहरु तथा जिल्लाको समग्र विकासको लागि आगामी नीति तथा कार्यक्रमहरु र भिमेश्वर नगरपालिका प्रमुख श्री भारत केसीले प्रस्तुत गर्नु भएको स्थानीय तहले गर्नु पर्ने कार्यहरु सहितको प्रतिबद्दता पत्र सर्वसम्मत पारित गरी जिल्ला सभा सम्पन्न गरियो ।

Skip to toolbar