संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु आ.ब २०७५/०७६ को जिल्ला दररेट दोलखा जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धता दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुत आ.व. २०७५/०७६ को बार्षिक कार्यक्रम तथा वजेट दोश्रो जिल्ला सभा सम्पन्न (२०७५/०५/०७ गते ) आ.व २०७४/०७५ मा जिससले सम्पादन गरेका कार्यक्रमहरुको विवरण र पत्रकार सम्मेलन सम्पन्न क्षमता विकास तालिम सम्पन्न (नगर/गाउँ तहको तालिम) विकास आयोजना तथा कार्यक्रमहरुको अनुगमन कार्य सम्पन्न बजेट तथा योजना तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोलखा जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धता

भीमेश्वर र जिरी नगरपालिका
तथा
तामाकोशी, मेलुङ, शैलुङ, कालिन्चोक, विगु, गौरीशंकर र बैतेश्वर गाउँपालिका

दोश्रो जिल्ला सभा
जिल्ला समन्वय समिति
चरिकोट, दोलखा
२०७५

नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम समृद्ध दोलखा निर्माण गर्नु स्थानीय सरकारको महत्वपूर्ण कार्य जिम्मेवारी पुरा गर्न निम्नानुसारको साझा प्रतिवद्धता कार्यान्वयनमा ल्याउने निर्णय गरियो ः
१.संघीय तथा प्रदेश सरकारबाट स्थानीय सरकारको सवलीकरण र सेवा प्रवाहका लागि सहयोग, समन्वय र सहजीकरण गर्नु पर्नेमा अधिकांश विषयगत कार्यालयहरु गत÷ विगत जस्तै केन्द्र तथा प्रदेश स्तरमा राख्ने निर्णय प्रति गम्भिर आपति जनाउदै यस प्रकारको कार्य तत्काल रोक्न तथा भईसकेका संघीयता प्रतिकूलका निर्णय सच्याई स्थानीय तहबाटै प्रत्यक्ष रुपमा जनताले सेवा सुविधा पाउनेगरी कार्यालय कर्मचारी र बजेट स्थानीय तहमा समायोजन हुने व्यवस्था गर्न संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराउने ।
२.संविधानको अनुसूचीमा उल्लेखीत स्थानीय तहको एकल अधिकार सूचीका विषयहरुलाई कार्यान्वयन गर्न स्थानीय तह प्रतिवद्ध रहेकोले सहअस्तित्व, समन्वय र सहयोगको भावनाले काम गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने ।
३.कालिन्चोक, भीमेश्वर, विगु गुम्वा, शैलुङडाँडा,चर्नावती, हनुमन्ते डाडा, चेर्दुंग, पांच पोखरी, लपची, जिरी उपत्यका,जिरी एयरपोर्ट, च्छोरोल्पा हिमताल एवं गौरीशंकर हिमाल पदयात्रा मार्गको विकास निर्माणको लागि स्थानीय तहबाट प्राथमिकता पूर्वक वजेट र कार्यक्रमको व्यवस्था गर्ने र पर्यटकको वसाई लम्वाउन स्थानीय धर्म, सस्कृति, परम्परा र विविधताको प्रवद्र्धन गर्ने ।
४.जिल्ला सदरमुकाम चरिकोटमा अस्पताल नभै प्राथमिक स्वास्थ्य केन्द्र मात्र रहेकोले यसलाई कम्तीमा १०० वेडको चरिकोट अस्पताल कायम गरी क्ष्ऋग् सहितको सेवा सुविधाको स्तरवृद्धिका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने र यस कार्यमा नौ वटै स्थानीय तहले आ–आफ्नो क्षेत्रबाट समेत आवश्यकताअनुसारको सहयोग उपलब्ध गराउने ।
५.दोलखा जिल्लाको समृद्धिको लागि महत्वपूर्ण मानिने भीमेश्वर नगरपालिका वडा नंं.–९ स्थित फिल्मी सिटी निर्माण गर्ने कार्यलाई तिब्रता दिन बजेट विनियोजन गर्न संघीय सरकार समक्ष जोडदार माग गर्ने र यसमा सहयोग पु¥याउन ३ नं. प्रदेश सरकारको ध्यानाकर्षण गर्ने साथै सवै स्थानीय तहले समन्वय र सहयोग उपलब्ध गराउने ।
६.समृद्ध दोलखा निर्माणका लागि स्थानीय तह मातहतका सडक, पूल पुलेसा, खानेपानी १२ महिना चल्ने वनाई, जनतालाई उपलब्ध गराउनु पर्ने सेवा सुविधा समयसिमा भित्र उपलब्ध गराउन ऐक्यवद्धता जनाउने ।
७.सडक तथा ऊर्जा विकास, उद्योग, पर्यटन, वन, वातावरण, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई जस्ता साझा विषयमा एकरुपतापूर्ण नीति, कार्यक्रम र योजना तयार गरी कार्यान्वयन गर्न आपसी छलफल अन्तरक्रिया गर्दै आम दोलखाबासीलाई समानुपातिक तवरबाट सेवा सुविधा प्रवाह गर्न एकमत हुने ।
८.भूकम्पबाट पिडीत दोलखाबासीलाई निजी आवास पुनर्निर्माण कार्यलाई चालु आ.व. भित्रै सम्पन्न गर्न लगाउने र अनुदान प्राप्तिमा सहज अवस्था ल्याउने तथा सार्वजनिक विद्यालय, मठ मन्दिर, गुम्वाको निर्माणमा तदारुकता ल्याउन सामूहिक जिम्मेवारी वहन गर्ने ।
९.संविधान तथा स्थानीय सरकार संचालन ऐन बमोजिम स्थानीय तहबाट असुल उपर गर्न पाउने सेवा शुल्क दस्तुरका सम्वन्धमा एकरुपता कायम गर्न भीमेश्वर नगरपालिका प्रमुखको संयोजकत्वमा जिरी नगरपालिका उप प्रमुख, कालिन्चोक र तामाकोशी गाउँपालिकाका उपाध्यक्ष रहेको एक सुझाव समिति गठन गरी सुझावका आधारमा एकरुपता कायम गर्ने ।
१०.कृषि, तरकारी तथा नगदे वाली र अन्य उत्पादनमा आत्म निर्भरताका लागि व्यवसायीक रुपमा संलग्न हुन यूवा जनशक्तिलाई आव्हान एवं उत्प्रेरित गर्ने र व्यवसायीक रुपमा नै लाग्नेलाई अनुदान सहितको लगानी सुनिश्चितता गरी बैदेशिक रोजगारलाई निरुत्साहित गर्ने ।
११.पेशा व्यवसाय एवं उद्यमीको रुपमा जिल्ला वाहिर रहेका दोलखालीलाई जिल्ला भित्रै लगानी भित्राउने अनुकूल वातावरणको लागि जिल्लामा लगानी गरे पश्चात् स्थानीय तहबाट लाग्ने सेवा शुल्क, कर, दस्तुर निश्चित अवधि (२ वर्ष) को लागि छुट गर्ने ।
१२.जिल्लामा संचालित गैरसरकारी संस्थाको काम कारवाही र गतिविधिको प्रत्यक्ष निर्देशन, नियन्त्रण र सुपरिवेक्षण स्थानीय तहवाट हुने भएकोले जिल्लाको समग्र काम, कारवाही र गतिविधिहरुको सम्वन्धमा त्रैमासिक रुपमा जिल्ला समन्वय समितिमा समिक्षा गरी समानुपातिक र सन्तुलित विकासको पहल गर्ने कार्यमा सहयोग पु¥याउन सवै गैर सरकारी संस्थाहरुलाई निर्देश गर्ने ।
१३.दोलखा जिल्लामा निर्माण हुने तामाकोशी तेस्रो, पाँचौ लगायत अन्य जलविद्युत आयोजनामा कम्तीमा पनि ३५% साधारण शेयर दोलखाली जनताको लागि सुनिश्चितता हुने गरी ऐन, कानून, नियमावलीमा व्यवस्था गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने ।
१४. स्थानीय सरकारबाट संविधान तथा ऐन कानून बमोजिम सम्पादन गर्नु पर्ने कार्य जिम्मेवारी पुरा गर्न अत्यावश्यकीय प्राविधिक कर्मचारी (शिक्षा, स्वास्थ्य, कृषि, पशु, सहकारी, नापी, मालपोत, वन, भूसंरक्षण, सिंचाई, खानेपानी, उद्योग तर्फ) खटाई दिनु पर्नेमा स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुरा हुँदासम्म पनि नपठाएको प्रति गम्भिर ध्यानाकर्षण भएकोले यथाशिघ्र उल्लीखित सेवा समूहका कर्मचारी पठाई सहयोग गर्न प्रदेश तथा संघीय सरकारलाई एकमतका साथ अनुरोध गर्ने ।
१५. दोलखा जिल्ला लाई अर्गानिक उत्पादन जिल्ला घोषणा गर्न सवै पालिकाहरुको तर्फबाट यथोचित वजेट र कार्यक्रम राखी क्रमश ः घोषणा गर्दै जाने र खाद्यान्न लगायतका उत्पादनमा आत्मनिर्भर वन्ने ।
१६.शहरीकरणसंगै फोहर मैला व्यवस्थापन गर्नुपर्ने स्थानीय सरकारको दायित्वलाई आत्मासाथ गरी यसको व्यवस्थापनका लागि साझा ल्याण्डफिल्ड साईट÷डम्पीङ्ग साईट निर्माण गर्न एकमत हुने ।
१७.विपदको रुपमा जिल्लाको कुनै भागमा बाढी पहिरो, आगलागी, भूक्षय आदीबाट क्षति पु¥याएमा सवै स्थानीय तहले समन्वयात्मक पहल र प्रयासबाट तत्काल राहत पु¥याई, पुनस्र्थापना कार्य गर्न पहल गर्ने ।
१८.संविधान तथा स्थानीय सरकार संचालन ऐन, बमोजिम स्थानीय तहका अधिकारका विषयमा विगतको ऐन कानून प्रचलन अगाडी सारेर न्ऋब्ए, वन शिक्षा लगायतका कतिपय सरकारी निकायबाट स्थानीय तहको काममा सहजीकरण भै नरहेको महशुस भएकोले संविधान तथा स्थानीय सरकार संचालन ऐनले स्थानीय तहको क्षेत्राधिकार किटानी गरेका विषय प्रतिकूलका कानून तत्काल संशोधन, परिमार्जन गरी संघीयता पूर्ण रुपले कार्यान्वयनमा ल्याउन संघ र प्रदेश सरकारलाई जोडदार माग गर्ने ।
१९.जिल्ला सदरमुकाममा रहेका कार्यालयहरु विस्थापन वा मर्ज हुने अवस्थामा ती कार्यालयबाट हस्तान्तरण हुने चल ÷अचल सामाग्रीहरुको न्यायोचित वितरण गर्दा उपयुक्त हुने भएकोले भीमेश्वर नगरपालिकाका प्रमुखसंगको समन्वयमा सवै पालिकालाई वितरण गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गर्ने ।
२०.दोलखा जिल्लाको मुख्य प्रवेश मार्गमा हालसम्म पनि स्वागतद्वार निर्माण हुन नसकेको यथार्थतालाई मध्ये नजर राखी जिल्लाको दुवै तर्फका प्रवेश मार्ग मध्ये मुख्यत भीमेश्वर नगर पालिका वडा नं.–९ स्थित मुडेमा र तामाकोशी गाउँपालिकाको किर्नेटारमा समेत स्वागतद्वार निर्माण गर्न सम्वन्धित स्थानीय तहहरुले प्राथमीकताका दिने र यस कार्यमा जिल्ला विकास कोषको फूकुवा भएपश्चात सो कोषबाट समेत निश्चित प्रतिशत रकम सहभागिता स्वरुप उपलब्ध गराउन प्रतिवद्धता जनाउने ।
२१.“समृद्ध दोलखा सुखी दोलखाली” निर्माण गर्ने अभियानमा स्थानीय तहहरु क्रियाशिल रहेकोले यस महान कार्यमा आ–आफ्नो तर्फबाट मन वचन र कर्मले सहयोग पु¥याउन संघ प्रदेश तथा जिल्लास्तरका सरकारी एवं गैर सरकारी संघ संस्था निकाय, राजनैतिक दल, नागरिक समाज, बुद्धिजिवी, वकिल, शिक्षक, मजदुर, पत्रकार, उद्योग वाणिज्य संघ, नागरिक समाज लगायत दोलखावासी दाजु भाई दिदी वहिनीहरुलाई हार्दिक आव्हान र अनुरोध गर्ने ।
२२.कानुन वमोजिम संघिय सरकार अन्तरगत रहने भनि किटान भएका संघिय कार्यालय वाहेकका जिल्ला स्तरमा रहने सरकारी कार्यालयहरु (शिक्षा विकास समन्वय ईकाई, वन, कृषि, भेटेनरी, महिला विकास आदि) को प्रत्यक्ष निर्देशन, नियन्त्रण र समन्वय गर्ने कानुनी व्यवस्था गर्न संघिय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने ।
२३.एक स्थानीय तह भन्दा बढि तहसंग अन्तर सम्वन्धित सहकारीहरुको अनुगमन र नियमन कार्य प्रदेश तहबाट गर्न सेवा प्रवाहको दृष्टिले उपयुक्त नहुने हुँदा जिल्ला भित्र कार्य क्षेत्र भएका सहकारीहरुको अनुगमन एवं नियमन कार्य जिम्मेवारी जि.स.स.लाई उपलब्ध गराउन प्रदेश सरकार समक्ष अनुरोध गर्ने ।
२४.स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्नको लागि संकलन केन्द्र तथा बिक्रीकक्ष÷कोशेली घरहरु स्थापना र संचालन गर्न सहकार्य गरिे “एक पालिका एक औद्योगिक ग्राम” को अवधारणालाई जोड दिई कार्यान्वयनमा जाने नीति अवलम्वन गरिनेछ ।

Skip to toolbar