मुख्य मन्त्रीज्यूबाट पालिका प्रमुख/उपप्रमुखहरु तथा कार्यालय प्रमुखहरुलाई निर्देशन स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आयोजनाहरुको विवरण जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको समिक्षात्मक्अन्तरक्रिया कार्यक्रम सम्पन्न संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु आ.ब २०७५/०७६ को जिल्ला दररेट दोलखा जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धता दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुत आ.व. २०७५/०७६ को बार्षिक कार्यक्रम तथा वजेट दोश्रो जिल्ला सभा सम्पन्न (२०७५/०५/०७ गते ) आ.व २०७४/०७५ मा जिससले सम्पादन गरेका कार्यक्रमहरुको विवरण र पत्रकार सम्मेलन सम्पन्न

जिल्ला दैवी प्रकोप उद्दार समिति, दोलखा भूकम्पपीडित परिचयपत्र र अस्थाई आवास अनुदान वितरण सम्वन्धी

भूकम्पपीडित परिचयपत्र तथा अस्थायी आवास अनुदान रू. १५,०००/- वितरण गर्ने क्रममा कतिपय गाउँ विकास समितिहरु तथा नगरपालिकाहरुमा स्वीकृत कार्यादेश विपरीत परिचयपत्र र राहत लिने उद्देश्यले मात्र झुट्टा विवरण पेश गरी सगोलमा रहेको परिवारका सदस्य, बहुविवाह गरेको व्यक्तिहरु, एकल महिला एवं अन्यन्त्र घर भएका व्यक्तिका नाममा समेत छुट्टाछुट्टै परिचयपत्र तथा आवास अनुदान वितरण भएको भन्ने गुनासा आएकोले यथाशिघ्र उक्त कार्य बन्द गरी यसरी वितरण भएका परिचयपत्र र अनुदान फिर्ता गर्नु गराउनुहुन सम्वन्धित सबैलाई जानकारी गराइन्छ ।
अन्यथा यसरी झुट्टा विवरण दिने, सोका लागि सहयोग पुर्याउने र झुट्टा विवरणको लागि सिफारिस गर्ने व्यक्तिमाथि कानूनी कारवाही गरी निजहरुको परिचय-पत्र रद्द गर्नुका साथै लिइ सकेको राहत रकम समेत जफत गरी भविष्यमा उपलव्ध गराइने राहत, अनुदान र अन्य सुविधाबाट बन्चित समेत गराइने व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । त्यसैले पछिसम्म फरक नपर्ने गरी आआफ्नो यथार्थ विवरण टोलिलाई उपलव्ध गराई परिचयपत्र तथा राहत वितरण कार्यमा सहयोग पुरयाइदिनु हुन् समेत सम्पूर्ण दोलखाबसीहरुमा अनुरोध गरिन्छ ।

Skip to toolbar