मध्यावधि समिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम संवाद कार्यक्रम आ.ब.२०७६/०७७ को जिल्ला दररेट स्थानिय तहमा मदिरा व्यवस्थापन सम्बन्धमा दोलखा प्रतिवद्दता २०७६ स्थानिय सरकारको निति निर्माण र कार्यन्वयनको अवस्था विषयक गोष्ठि सम्पन्न भएको छ। नेपाल भ्रमण वर्ष २०२० भव्यरुपमा सफल पार्नको लागि जिल्ला स्तरिय सहजिकरण तथा आयोजक समिति गठन मुख्य मन्त्रीज्यूबाट पालिका प्रमुख/उपप्रमुखहरु तथा कार्यालय प्रमुखहरुलाई निर्देशन स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आयोजनाहरुको विवरण जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको समिक्षात्मक्अन्तरक्रिया कार्यक्रम सम्पन्न संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु

जिल्लास्तरीय सरकारी कार्यालयहरुको सम्पति व्यवस्थापन सम्वन्धी निर्णय

मिति २०७५ साल माघ ६ गतेका दिन जिल्लास्तरीय कार्यालयको सम्पति व्यवस्थापन गर्ने सम्वन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४ चैत्र १४ को निर्णय अनुसार गठित समितिको बैठक जिल्ला समन्वय समितिका प्रमुख श्री डबल पाण्डेज्यूको संयोजकत्वमा तथा प्रतिनिधि सभाका माननीय सदस्य पार्बत गुरुङज्यूको समुपस्थितिमा बसी निम्नानुसार निर्णय गरियो ।

तपसिल 

१. राज्यको पुनर्संरचनासंग स्थानीय तहमा कार्य जिम्मेवारी हस्तान्तरण भएका कार्यलयहरुमध्ये डिभिजन सहकारी कार्यालय चरिकोटको भवनको पुनर्निर्माणको रेखदेख, व्यबस्थापनको जिम्मेवारी भिमेश्वर नगरपालिकाले लिइरहेकोमा हाल भवन पुनर्निर्माणको कार्य सम्पन्न हुने क्रममा रहेकोले नगरपालिकाको सहमतिमा यस भवनमा जिल्लामा नंया स्थापना भएको सशत्र प्रहरी गुल्म न. १८ चरिकोट दोलखाको कार्यालय संचालनमा ल्याउने निर्णय गरियो ।

2. दोलखा जिल्ला सभा तथा भी.नपा को सभाबाट चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाइ आई.सी .यु  सहितको ब्लड बैंकयुक्त १०० बेडको चरिकोट अस्पतालमा स्तरोन्नति गर्ने निर्णय भै यसै अनुरुप कार्य प्रक्रिया अगी बढेको अबस्थामा PHC क्षेत्रभित्र हाल संचालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयलाई स्थानीय तहमा कार्य जिम्मेवारी हस्तान्तरण भै कहलि रहेको महिला तथा बालबालिका कार्यालय चरिकोटको भवनमा स्थान्तरण गर्ने र जिल्ला स्वास्थ्य कार्यालय रहेको भवनमा आइ .सी .यु र ब्लड बैंक सहितको १०० बेडको चरिकोट अस्पताल संचालन गर्दा दुवै कार्यालयको सेवा प्रवाहमा अझ बढी प्रभावकारीता आउने भएकोले स्थान्तरण एवं व्यवस्थापनको लागि सम्वन्धित निकायमा सिफारिस सहित अनुरोध गर्ने निर्णय गरियो ।

Skip to toolbar