मुख्य मन्त्रीज्यूबाट पालिका प्रमुख/उपप्रमुखहरु तथा कार्यालय प्रमुखहरुलाई निर्देशन स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आयोजनाहरुको विवरण जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको समिक्षात्मक्अन्तरक्रिया कार्यक्रम सम्पन्न संविधान दिवस २०७५ भव्यताका साथ् मनाउनको लागि जिल्ला स्तरीय समारोह समिति गठन र तय भएका कार्यक्रमहरु आ.ब २०७५/०७६ को जिल्ला दररेट दोलखा जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धता दोस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुत आ.व. २०७५/०७६ को बार्षिक कार्यक्रम तथा वजेट दोश्रो जिल्ला सभा सम्पन्न (२०७५/०५/०७ गते ) आ.व २०७४/०७५ मा जिससले सम्पादन गरेका कार्यक्रमहरुको विवरण र पत्रकार सम्मेलन सम्पन्न

क्षमता विकास तालिम सम्पन्न (नगर/गाउँ तहको तालिम)

जिल्ला समन्वय समिति, दोलखाको आयोजना तथा नगर/गाउँपालिकाको संयोजनमा स्थानीय तहका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको लागि ३ दिने क्षमता विकास तालिम कार्यक्रम दोलखा जिल्ला अन्तर्गतका दुई वटा नगरपालिका र सात वटा गाउँपालिकहरुमा सम्पन्न भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम मार्फत स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास तालिम कार्यक्रममा नगर/गाउँपालिकाका वडा अध्यक्षहरु ,सदस्यहरु , वडा सचिबहरु र अन्य कर्मचारीहरुको सहभागी रहेको उक्त तालिममा नगर/ गाउँपालिकाक प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको आथित्यता रहेको थियो । सवै नगर/गाउँपालिका संचालन भएको क्षमता विकास तालिमको उद्घाटन र तालिम अनुगमन कार्य जिल्ला समन्वय समतिका प्रमुख श्री डबल पाण्डेको नेतृत्वमा समन्वय समितिका पदाधिकारीहरुबाट भएको थियो । स्थानीय तहमा भएको ३ दिने तालिम कार्यक्रममा सहभागितात्मक योजना तर्जुमा प्रक्रिया , स्थानीय तहमा बजेट निर्माणका चरणहरु. वित्त व्यवस्थापन, नतिजामुखी अनुगमन तथा मुल्यांकन प्रणाली, वडा समितिका काम, कर्तव्य र अधिकार, वडाबाट हुने सिफारिसहरू, सुशासन र सदाचार, बस्तिस्तरमा योजना छनौट प्रक्रिया, सामाजिक परिचालन, एकीकृत सम्पति कर आदि विषयहरुमा जिल्ला समन्वय अधिकारी श्री तुलसीनाथ गौतम , बरिष्ठ कार्यक्रम अधिकृतहरु क्रमश विक्रम कार्की र नारायण प्रसाद सेढाई, आन्तरिक लेखा परिक्षण अधिकृत जगदीश अर्याल, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरुले सहजीकरण गर्नु भएको थियो ।

Skip to toolbar